सोशल मिडियामा यस्ता महिला रमजानको दिन खानामा चुनौतीको बिषयमा चर्चा गरिरहेका छन् । कति महिला भन्छन्, उनीहरु लुकाएर खान्छन् ताकि घरको पुरुषले थाहा नपाओस् । अरुले चाहि भनेका छन्, उनले महिनावरी भएको वाहना बनाउनुपर्नेछ ।
कति मानिस यो समस्यालाई स्विकार गर्दैनन्, किनभने उनीहरुलाई लाग्दैन कि यो इस्लाम धर्मको नकारात्मक तरिकाले देखाइरहेको छ । तर, यो समस्या हो । राजानको महिनामा मुसलमान सूर्योदयदेखि सूर्योअस्तसम्म उपवास राख्छन् । उनीहरु यस क्रममा न केही खान्छन्, न केही पिउँछन् ।
तर, महिनावरीबाट गुज्रिरहेका महिला रोजा बस्न सक्दैनन् ।
यद्यपी समस्या के छ भने, रमजानको महिनामा महिनावरी भएपनि कतिपयले आफ्नो परिवारसँग यस बिषयमा खुलेर भन्दैनन् । उनीहरुले लुकाएर राख्नुपर्ने हुन्छ ।
एक २१ बषर्षीय ब्यूटी ब्लगरले भनेकी छिन्, ‘मेरी आमा मलाई भन्नुहुन्थ्यो, यदि महिनावरी भइरहेको छ भने पुरुषलाई थाहा दिनु हुँदैन, न त घरको महिलालाई थाहा दिनुहुन्छ ।’
न्यूयोर्कमा बस्ने पाकिस्तानी मुलकी सोफिया भन्छिन्, ‘एक पटक मेरो भाईले मलाई खाइरहेको देख्यो । मैले मुख थुनेर बस्नुपर्यो । उसले घुरेर हेरिरहेको थियो, ताकि मैले खाइरहेको प्रमाणित गर्न सकोस् । मसँग त्यसबेला यस्तो हिम्मत हुनुपथ्र्यों कि, म भन्न सकौं, यो एक प्राकृतिक प्रक्रिया हो । र, मेरो धर्म भन्छ कि मासिक धर्ममा म रमजान न राखौं, किनभने म पवित्र छैन ।’
सोफिया भन्छिन् कि, महिनावरी एक यस्तो विषय हो, जसको बारेमा उनकी आमा पनि कुरा गर्दा लज्जित हुन्थे । किशोरवास्थासम्म उनलाई यस बिषयमा केही बताइनन् ।
उनी भन्छिन्, ‘मलाई लाग्छ कि महिलाको महिनावरीलाई स्विकार्नुपर्छ । र, यस बारेमा मानिसमा जे धारणा छ, त्यो बदल्नुपर्छ । यस विषयमा खुलेर कुराकानी हुनुपर्छ र हाम्रो पुस्ताले परिवर्तन पनि ल्याउनुपर्छ ।’
रमजानको नियम
रमजानको महिनामा उपवास गर्ने मुसलमान सूर्योदयदेखि लिएर सूर्यास्तसम्म केही खान, पिउन सक्दैनन् । साथै उनीहरु शारीरिक सम्बन्ध पनि बनाउँदैनन् ।
तर, महिनावरीबाट गुजि्ररहेका महिलाहरु न रोजा राख्न सक्छन्, न कुरान पढ्न सक्छन् । न मस्जिद नै जान सक्छन् ।
गर्भावस्था, बिमारी, शारीरिक वा मानसिक कमजोरी, बुढ्यौली, यात्रामा भएको बेला पनि कुनैपनि अप्ठ्यारो परिस्थिती सिर्जना भएमा मात्र रोजा तोड्छन् ।
मुस्लिम स्टुडे्न्ट एसोसिएशनकी अध्यक्ष सबरीन इमताइर भन्छिन् कि, ‘महिनावरी र त्यससँग जोडिएको मानसिकताको बारेमा कुरा गर्न चाहन्थें । त्यही कुरालाई बहसमा ल्याउनका लागि मैले ट्वीट गरेकी थिएँ ।’
उनी थप्छिन्, ‘मेरो परिवारमा यस किसिमको कुरा गर्न खुला छ । तर, केही युवती, खासगरी रमजानमा, परिवकार पुरुष सदस्यका अगाडि केहीपनि खाँदैनन् । यसबेला लाज अनुभव हुन्छ ।’
१८ बषिर्य सबरीन भन्छिन्, ‘यसलाई कलंक समेत मानिन्छ । महिनावरीलाई लुकाउने र यसलाई लिएर लजाउनु भनेको पितृसत्तालाई बढाव दिनु हो । यसले स्त्रीत्वका लागि लिएर रायलाई पनि प्रभावित गर्छ ।’
उनको अनुभव चाहि फरक छ । उनी महिनावरीको क्रममा आफ्नो घरमा सबैअघि खुलेर खाने, पिउने गर्छिन् ।
उनी भन्छिन्, ‘मैले आफ्ना लागि केही खानेकुरा लिन गएँ । मेरो भाईको रोजा थियो । उसले किन अर्डर गरेको भनेर सोधेपछि मैले आफ्नो मासिक श्राव भइरहेको बताएँ । उनी यसका लागि सहज थिए ।
‘आफ्नी आमाले प्याडको प्रयोग गर्नु र रक्तश्रावमा के गर्ने भनेर सिकाउनुभयो’ उनले भनेकी छिन्, तर, यस विषयमा अरु मानिससँग कसरी कुरा गर्ने भन्ने सिकाउनुभएन । तर, अब म यस विषयमा खुलेर कुरा गर्छु । र, सबैलाई यसलाई सामान्य मान्नुपर्छ भन्छु ।’
स्रोतः विविसी हिन्दी
प्रतिक्रिया 4