+
+

के आर्यनका लागि साम्राज्ञी थ्रेट हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १० गते १७:०४


नायक आर्यन सिग्देलले निर्माण गरेको चलचित्र ‘कायरा’को ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र साउन १८ गतेबाट रिलिज हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा नायक तथा निर्माता आर्यन सिग्देल, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, निर्देशक लक्ष्मण रिजाल लगायत उपस्थित थिए ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र निकै राम्रो बनेको बताइन् । यस्तै, नायक आर्यन सिग्देलले आफू फरक भूमिकामा देखिएको बताए । साम्राज्ञीसँग काम गर्दाको अनुभव बताउँदै आर्यनले भने–‘मलाई नयाँ नायिकासँग काम गरे जस्तो लागेन । कामका लागि सधै नै तयार हुने साम्राज्ञी जस्ती नाायिका मैले यस अगाडि देखिनँ ।’

चलचित्रमा आर्यनले आफू म्यूजिक रुचाउने पात्रको भूमिकामा देखिएको बताए । साम्राज्ञीले आर्यनको पहिलो चलचित्र हेर्दा आफू सानी नै रहेको बताउँदा आर्यन लजाएका थिए । उनले पहिलो पटक आर्यनको ‘मेरो एउटा साथी छ’ हेरेको बताइन् ।

आर्यनको कामबाट आफू अत्यन्त प्रभावित भएको साम्राज्ञीको भनाई छ । यस्तै, आर्यनले साम्राज्ञीले चलचित्रमा काम गर्दा स्टारडम नदेखाएको बताए । साम्राज्ञी आफ्ना लागि थ्रेट रहेको आर्यनको भनाई थियो । म्यूजिकल लभ स्टोरी यो चलचित्रलाई फिलिपिन्समा छायांकन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?