+
+

हेटौंडा-फाखेल सडक खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २८ गते १३:३०

२८ असार, हेटाैंडा । बुधबार रातीको वर्षाका कारण अाएको पहिरोले अबरूद्ध भएको  हेटाैंडा-काठमाडाैं छाेटाे दुरीको  हेटाैंडा-फाखेल सडकखण्ड खुलेको छ ।

फाखेल खण्डकाे दुईवटा पहिराे हटाइएपछि सवारीसाधन संचालनमा अाएको प्रहरी चाैकी फाखेलले जानकारी दिएकाे छ ।

सडक डिभिजन कार्यालयले ठेक्का लगाएर सडक बिस्तारकाे क्रममा रेहेकाे हेटाैंडा- कुलेखानी- सिस्नेरी- दक्षिणकाली खण्डकाेे ज्यामिर र हेटाैंडा – कुलेखानी- फाखेल- फर्पिङ खण्डकाे सुकाैरा ड्याम र पुरण्डीमा खसेकाे ठूलाे पहिराेका कारण सडक अबरुद्ध भएकाे थियो ।

सडक अबरुद्ध हुँदा पूर्वी नेपालकाे सर्लाही, राैतहट, निजगढ, बारा, पर्सादेखि अाउने र मकवानपुरबाट काठमाडौं जाने र काठमाडौंबाट फर्कने साना सवारी राेकिएका थिए ।

याे दुई छाेटाे मार्ग हुँदै दैनिक एक हजार भन्दा बढि सवारी सञ्चालन हुने गर्दछन् । याे मार्गमा दुई दर्जन कम्पनीको भाडाका ५ सय भन्दा बढी सुमाे सञ्चालन हुने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?