३२ असार, काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका–६ मा गएराति भारतीय नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतीय नागरिक ३२ वर्षिय मनोज दास छन् ।
भारतको फारबिसगन्जबाट जन्ती लिएर नेपाल आएको भारतीय नम्बरको बस गएराती पौँने १० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दासको उपचारको क्रममा जिल्ला अस्पतालमा राति नै मृत्यु भएको हो ।
दुर्घटना पश्चात् फरार रहेका बस चालकको खोजी भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4