३ साउन, काठमाडौं । जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले बल प्रयोग गरेको घटनाको नेपाल चिकित्सक संघले विरोध जनाएको छ ।
युद्धको समयमा समेत अस्पतालजस्तो संवेदनशील क्षेत्रमा बल प्रयोग गर्न नपाउने विश्वव्यापी मान्यता विपरीत सुरक्षाकर्मी प्रवेश गरेर स्वास्थ्यकर्मीमाथि लाठीचार्ज र अश्रुग्यास हानेको भन्दै चिकित्सक संघले विरोध जनाएको हो ।
संघले उक्त घटनाको घाइतेलाई उपचारको व्यवस्था मिलाउन र दोषीउपर छानबिन गरी हदैसम्मको सजाय गर्न पनि माग गरेको छ ।
महासचिव डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई उनको इच्छाविपरीत आधारभूत मानव अधिकारको उलंघन गर्दै काठमाडौं ल्याएकोमा पनि विरोध जनाइएको छ ।
‘डा. गोविन्द केसीलाई उहाँको इच्छाविपरीत आधारभूत मानव अधिकारको उलंघन गर्दै सरकारको तर्फबाट अनसनरत स्थलबाटै धरपकड गरी अपहरण शैलीमा उठाइएको घटनाप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दछ’ विज्ञप्तिमा भनिएको छ ‘यस्तो प्रकारको अमानवीय क्रियाकलापको जति निन्दा गरे पनि कमै हुन्छ ।’
प्रतिक्रिया 4