+
+

राप्रपा प्रजातान्त्रिकले माग्यो कानूनमन्त्री तामाङको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ७ गते १२:५२

७ साउन, काठमाडौं । राप्रपा प्रजातान्त्रिकले कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङको राजीनामा माग गरेको छ ।

चिकित्सा क्षेत्रमा अध्ययन गर्ने नेपाली चेलीहरुको अस्मितामाथि ठेस पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै राप्रपा प्रजातान्त्रिकले मन्त्री तामाङको राजीनामा माग गरेको हो ।

‘राष्ट्रको गरिमापूर्ण र मर्यादित मन्त्री जस्तो पदमा बसेर यस्तो गैरजिम्मेवार, अमर्यादित, अशोभनीय र अपशब्द बोल्ने छुट सह्य हुन सक्दैन,’ पार्टी प्रवक्ता राजेन्द्र गुरुङले सोमबार प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ निजले तत्काल नेपाली जनता सामु माफी मागि आफ्नो पदबाट राजीनामा दिइ नैतिकता प्रर्दशन गर्न र आधा आकाश ढाँकेको महिलाको सम्मान गर्न पनि राप्रपा प्रजातान्त्रिक माग गर्दछ ।’

मन्त्री तामाङले यही साउन ४ गते एक कार्यक्रममा बंगलादेशमा अध्ययन गर्ने नेपाली चेलीले डाक्टरहरुलाई शरीर नसुम्पेसम्म सर्टिफिकेट नपाउने बताएका थिए ।

उनको यो अभिव्यक्तिको नेपाली कांग्रेसराप्रपाले पनि यसअघि नै बिरोध गरेका थिए । सर्बत्र बिरोध भएपछि कानूनमन्त्री तामाङले अाइतबार विज्ञप्ति प्रकाशित गरी माफी मागेका थिए ।

यो पनि पढ्नुस् 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?