Comments Add Comment

कानुनमन्त्रीले महिलाको अस्मितामाथि ठेस पुर्‍याएको राप्रपाको आरोप

के भनेका थिए कानुमन्त्री शेरबहादुर तामाङले ?

६ साउन, काठमाडौं । कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राहरुबारे दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कानुनमन्त्री तामाङले नेपाली चेलीले आफूलाई नसुम्पी बंगलादेशमा डाक्टरको सर्टिफिकेट नपाउने भनी दिएको अभिब्यक्तिले समग्र नेपाली महिलाको अस्मितामाथि ठेस पुगेको भन्दै राप्रपाले निन्दा गरेको छ ।

राप्रपा प्रचार विभाग प्रमुख तथा सहप्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गरी मन्त्री तामाङले अभद्र, अशिष्ट र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनलाई बर्खास्त गर्न माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ ‘मन्त्री तामाङको गैरजिम्मेवार अभिव्यक्तिलाई ध्यान दिई अबिलम्ब मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी ओलीसमक्ष राप्रपा माग गर्दछ ।’

के भनेका थिए कानुनमन्त्रीले ?

काठमाडौंमा एसईई उतीर्ण विद्यार्थीहरुको सम्मानमा आयोजित एक कार्यक्रममा कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा डाक्टर पढ्न जाने नेपाली चेलीहरुले आफूलाई नसुम्पिकन सर्टिफिकेट नपाउने अवस्था रहेको बताएका छन् ।

उनले त्यस कार्यक्रममा भनेका थिए ‘आज म कथा खोल्छु । बंगलादेशमा हाम्रा कोही चेलीहरु, हाम्रा छोरीहरु डाक्टर पढ्न जानुहुन्छ भने मैले सुनेको छु, सर्टिफिकेट लिनका लागि उसले कहिँ न कहिँ आफूलाई बेच्नैपर्छ ।

मार्मिक छ कथा, हामी हाम्रा छोरी चेलीलाई पढ्नलाई विदेशमा पठाउँछौं । तर उसले त्यहाँ आफू्रलाई नसुम्पीकन सर्टिफिकेट पाउने अवस्था छैन । उनीहरु सबैले यहाँ पढ्न पाउनुपर्छ भन्दा हामीहरु नै प्लेकार्ड बोकेर बाहिर निस्कन्छौं – हुँदैन ।

त्यस्तै केही समयअघि झापाको बीएण्डसी अस्पताल सञ्चालक दुर्गा प्रसाईंले बंगलादेश पढ्न जाने नेपाली छात्राहरुलाई प्राध्यापकहरुले यौन शोषण गरेर राखेको अभिव्यक्ति दिएका थिए । राप्रपाले उनलाई पनि कानुनी कारबाही गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment