+
+

पत्रपत्रिकामा आजः मुद्दा जिताउन सुशीलालाई लोकमानको १० करोड अफर !

झण्डा जलाए अब झ्यालखाना

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २६ गते ७:२९


२६ साउन, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुमा भदौ १ देखि लागू हुन लागेको मुलुकी ऐनको चर्चादेखि मुद्दा जिताउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई  १० करोड अफर गरेकोसम्मका खबर छापिएका छन् ।

त्यसैगरी, ठूला नेता छानिने भएपछि ३३ किलो सुनकाण्डबारे तयार पारिएको प्रतिवेदन गुमनाम पारिएको, तेस्रो मुलुकमा विद्युत्त निर्यात गर्न बाटो खुलेको, हरिसिद्धीको जग्गा हडप्न प्रपञ्च रचिएकोलगायत खबरले पनि आजका पत्रपत्रिकामा उत्तिकै स्थान पाएको छ ।

अन्नपूर्णले भदौ १ देखि मुलुकी अपराध संहिता ऐनलगायत ६ वटा कडा कानून लागू हुन लागेको लेखेको छ । प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने यी ऐनमा सामाजिक–सांस्कृतिक विकृतिलाई नियन्त्रण गर्न कडा सजाय व्यवस्था गरिएको छ । समाचार अनुसार सार्वजनिक स्थानको आवागमनमा बाधा पुर्याउनेलाई अब तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना तथा दुवै सजाय हुनेछ । झण्डा जलाए वा अपमान हुने गरी यसको प्रयोग गरे ३ वर्ष जेल सजाय वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्नेछ ।

कान्तिपुरले बढ्दो फुटबल क्रेजलाई मुख्य सामग्रीका रुपमा छापेको छ । कान्तिपुरमै स्थानीय तहका जनप्रतिनिधिले बिलासी गाडी खरिद गरेको अर्को समाचार पनि छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीले मुद्दा जिताइदिन सुशीला कार्कीलाई १० करोडको अफर गरेको खबर नागरिकले छापेको छ । पूर्वप्रधानन्यायाधीश सुशीलाका पति दुर्गा सुवेतीको शुक्रबार प्रकाशित पुस्तकलाई आधार बनाउँदै नागरिकले यस्तो खुलासा भएको जनाएको हो ।

‘टोलीमा आएको एकजनाले मलाई सुनायो, चाँदीको खड्कुलोमा राखेर गोडा धुने रे । अर्कोले मलाई छेउमै बोलाएर भन्यो– बाहिर गेटमा रोकिएको गाडीमा १० करोड गोडधुवा छ’, सुवेदीको पुस्तक अंश उद्धृत गर्दै नागरिकले लेखेको छ, ‘लोकमान भन्ने मान्छे खतरनाक र खुराफाती रहेछ भन्ने मलाई थाहा भयो ।

मुलुकी ऐनबारे मुख्य समाचार लेखेको राजधानीले राजपा थप कमजोर भएको निष्कर्ष निकालेको छ । गोरखापत्रले नेपाल सिग्नेचर पुल बन्ने भएकोलाई एंकर बनाएको छ ।

हेर्नुहाेस् पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?