+
+

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २ गते १६:३४

२ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव तथा नोबेल शान्ति पुरस्कार विजेता कोफी अन्नानको निधन भएको छ । ८० वर्षीय अन्नानको शनिबार निधन भएको हो ।

अन्नान केही समयदेखि सामान्य बिराम थिए । सामान्य बिरामकै क्रममा उनको शनिबार निधन भएको हो । कोफी अन्नान फाउन्डेसनले छोटो समयको बिरामपछि शनिबार अन्नान शान्तपूर्वक महाप्रस्थान गरेको जनाएको छ ।

अन्नान संयुक्त राष्ट्रसंघको नेतृत्व गर्ने पहिलो अफ्रिकन हुन् । उनले सन् १९९७ देखि २००६ सम्म सफलतापूर्वक महासचिवको नेतृत्व सम्हालेका थिए । सिरियाको शान्ति स्थापनाका लागि अन्नानले राष्ट्रसंघको विशेष दूतका रुपमा समेत काम गरेका थिए ।

अन्नान घानाका हुन् । तर उनको निधन स्विट्जरल्यान्डको जेनेभामा भएको छ, जहाँ उनी वर्षौंदेखि बस्दै आइरहेका थिए ।

विश्वमा शान्ति स्थापनार्थ भूमिका खेलेको भन्दै अन्नान सन् २००१ को नोवेल शान्ति पुरस्कारबाट पुरस्कृत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?