+
+

पूँजी बजारको एक वर्षः ६ अर्बले घट्यो कारोबार रकम, १ खर्ब ३१ अर्बको सेयर सूचीकृत

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ६ गते १८:१८

६ भदौं, काठमाडौं । अघिल्लो वषदेखि नै सेयर बजार ओरालो दिशामा देखिएको छ । करिब १ हजार ९ सयको विन्दुसम्म पुगिसकेको नेप्से परिसूचक ओरालो लागेर यतिबेला १ हजार २ भन्दा तल छ ।

गत आर्थिक वर्षमा रु.६ अर्ब ६३ करोड रुपैयाँको सेयर कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो अघिल्लो वर्षको तुलनमा ४६.२ प्रतिशतले कमी हो । आर्थिक वर्ष २०७३/७४ मा १२ अर्ब ३३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आर्थिक वर्ष २०७४/७५ सम्म आइपुग्दा ४६.२ प्रतिशतले घटेर रु.६ अर्ब ६३ करोड कायम भएको हो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७५ असार मसान्तमा १९६ रहेको छ । २०७४ असार मसान्तमा यस्तो संख्या बढेर २०८ पुगेको छ ।
सूचीकृत कम्पनीको संख्या बढे पनि सेयर कारोबार र नेप्से परिसुचक दुबै ओरालो लागेका छन् ।

नेप्से परिसूचकमा गिरावट

गत आर्थिक वर्षमा कारोबार रकमसँगै नेप्से परिसुचक समेत ओरालो लागेको छ । राष्ट्र बैंकले दिएको जानकारी अनुसार नेप्से सूचकांक वाषिर्क विन्दुगत आधारमा २३.४ प्रतिशतले ह्रास भई २०७५ असार मसान्तमा १२१२.४ विन्दुमा सीमित भएको छ ।

२०७४ असार मसान्तमा उक्त सूचकांक ७.९ प्रतिशतले ह्रास भई १५८२.७ विन्दु कायम भएको थियो । धितोपत्र बजार पँूंजीकरण वाषिर्क विन्दुगत आधारमा २२.७ प्रतिशतले ह्रास भई २०७५ असार मसान्तमा रु.१४३५ अर्ब १४ करोड कायम भएको छ ।

उता बजार पूँजीकरण २०७४ असार मसान्तमा १.८ प्रतिशतले ह्रास भएको थियो । समीक्षा अवधिको बजार पूँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४७.७ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्ष यस्तो अनुपात ७०.३ प्रतिशत रहेको थियो ।

पूँजी बजारमा बैंक र बीमाको हिस्सा ठूलो

बजार पूँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश सबैभन्दा धेरै देखिएको छ । राष्ट्र बैंकका अनुसार बैंक, वित्त र बीमा कम्पनीको मात्रै पूँजी बजारमा ८०.५ प्रतिशत हिस्सा रहेको छ ।

यसैगरी पूँजी बजारमा जलविद्युत् क्षेत्रको भने ४.७ प्रतिशत हिस्सा देखिन्छ । उत्पादन तथा प्रशोधन क्षेत्रको २.८ प्रतिशत तथा होटलहरूको १.७ प्रतिशत हिस्सा पूँजी बजारमा रहेको राष्ट्र बैंक बताउँछन् ।

उता व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको भने १०.२ प्रतिशत रहेको छ ।

सूचीकृत कम्पनीमा पनि बैंक-बीमा नै धेरै

पूँजी बजारमा बैंक, वित्त तथा बीमा कम्पनीहरुको संख्या पनि अधिक देखिएको छ । सूचीकृत कम्पनीहरूमध्ये १४७ वटा बैंक तथा वित्तीय संस्था -बीमा कम्पनी समेत) रहेका छन् ।

यसैगरी १८ वटा उत्पादन र प्रशोधन उद्योग, १९ वटा जलविद्युत् कम्पनी ४/४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा २१.६ प्रतिशतले वृद्धि भई २०७५ असार मसान्तमा ३ खर्ब ५२ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

१ खर्ब ३१ अर्बका सेयर सूचीकृत

आर्थिक वर्ष २०७४/७५ मा नयाँ सेयर पनि ठूलो मात्रामा थपिएका छन् । राष्ट्र बैंकले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा १ खर्ब ३१ अर्ब ५३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा साधारण सेयर (आईपीओ) मात्रै ३० अर्ब ८३ करोड रुपैयाँ अर्थात ३० करोड ८३ लाख कित्ता सेयर सूचीकृत भएका छन् ।

यस अवधिमा हकप्रद सेयर ३६ अर्ब १४ करोड रुपैयाँ बराबरको सुूचीकृत भएका छन् भने २७ अर्ब ४७ करोड बराबरको बोनस शेयर सूचीकृत भएका छन् ।

एक वर्षको अवधिमा राष्ट्र बैंकले ३६ अर्ब ४७ करोड बराबरको सरकारी ऋणपत्र समेत जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?