+
+

नेकपाका नेताहरुले भने : मधेसमा मार्क्सवाद विस्तार गर्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ७ गते १८:४५


७ भदौ, वीरगञ्ज । वीरगञ्जमा आयोजित ‘मधेशमा मार्क्सवाद’ विषयक गोष्ठीमा नेताहरुले मधेसमा देखिएको विकृति हटाउन माक्र्सवादको विस्तार आवश्यक रहेको बताएका छन् ।

प्रदेश २ का ८ जिल्लाका नेकपा नेता तथा कार्यकर्ताहरु सहभागी गोष्ठीमा नेकपाका नेता रामचन्द्र झाले कार्यपत्र प्रस्तुत गर्दै जातिवादले मधेसमा वर्गीय आन्दोलन अघि बढ्न नदिएको बताए ।

‘मधेसमा अहिले कम्युनिष्ट पार्टी रक्षात्मक अवस्थामा मात्रै छ, जबसम्म वर्गीय आन्दोलन, वर्गीय चेतना तथा वर्गीय घृणाको चेतनालाई उठाउन सकिदैन, तबसम्म मधेसमा समाजवाद आउन सक्दैन’ नेता झाले भने ‘वर्गको घेरा तोडेर जातको उम्मेदवारलाई भोट दिने प्रवृत्तिको अब अन्त्य गर्नुपर्छ ।’

‘मार्क्सवाद र आजका हाम्रा कार्यभार’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले इतिहासमा केही कमी कमजोरी भए पनि कम्युनिष्टको प्रवृत्ति भने गौरवपूर्ण रहेको बताए ।

‘नागरिकहरुले अधिकार स्थापित गर्न जोड गर्ने तर राज्यले त्यो पूरा गर्न नसक्ने वर्तमान अवस्था छ’ उनले भने ‘यसले हाम्रो लोकतान्त्रिक स्थिरतामा बाधा पुर्‍याउन सक्ने र राष्ट्रिय एकतालाई कमजोर बनाउन सक्ने खतरा छ ।’

पार्टीमा लोकतन्त्रको अभ्यास, क्रान्तिकारी चरित्र निर्माण र पारदर्शी ढंगले आर्थिक व्यवस्थापन गरेर समाजवादको बाटो समात्नुपर्ने धारणा उनले राखे ।

नेकपाका नेता उमेश यादवले नेकपा भित्रै पनि शुद्धिकरण आवश्यक रहेको बताए । ‘पार्टीभित्र जातिवादी, शैक्षिक माफिया, मेडिकल माफियाहरुको वर्चश्व देखिएको छ । यसरी वर्गीय समाज अघि बढ्न सक्दैन’ उनले भने ‘संगठन भित्र पनि शुद्धिकरण आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?