+

एसिया कप छनोट: सागरको अर्धशतक पूरा

२०७५ भदौ  १३ गते १०:१६ २०७५ भदौ १३ गते १०:१६
एसिया कप छनोट: सागरको अर्धशतक पूरा

१३ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत ओमनविरुद्ध नेपालका सागर पुनले अर्धशतक पूरा गरेका छन् ।

सागरले ६५ बलमा ५० रन पूरा गरेका हुन् । उनले ४ चौका र १ छक्का प्रहार गर्दै नेपाली इनिङ्सलाई उकासेका छन् । नेपालले ४२ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा १४९ रन बनाएको छ ।

नेपालका लागि सागर पुन ५३ रन र आरिफ शेख २८ रनमा खेलिरहेका छन् ।

यसअघि २२.४ ओभरमा ८० रन बनाउँदा नेपालले चौथो विकेट गुमाएको थियो । चौथो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरी ९ रनमा आउटका थिए । तयस्तै, नेपालले १७ ओभरको अन्तिम बलमा ज्ञानेन्द्र मल्ललाई तेस्रो विकेटको रुपमा गुमाएको थियो । उनले ६० बलमा ६ चौका र १ छक्काको मद्दतमा ४५ रन बनाएर आउट भएका थिए ।

१५.५ ओभरमा नेपालले ५६ रन बनाउँदा दोस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई ८ रनमा गुमाएको थियो । नेपालको पहिलो विकेटको रुपमा सुवास खकुरेल ४ रन आउट भएका थिए ।

नेपाल र ओमनबीचको खेल मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा नेपाल ओमनलाई पराजित गर्दै छनोट प्रतियोगितामा शुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।

प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएई, सिंगापुर र हङकङ रहेका छन् ।

यो पनि पढ्नुहोस्

नेपाललाई पहिलो झड्का, सुवास रन आउट

अर्धशतक बनाउन चुके ज्ञानेन्द्र

कप्तान पारस ८ रनमा आउट

नेपालले चौथो विकेट गुमायो, दीपेन्द्र ९ रनमा आउट

नेपालको १०० रन पूरा

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय