Comments Add Comment

नेपालले चौथो विकेट गुमायो, दीपेन्द्र ९ रनमा आउट

१३ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत ओमनविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ ।

२२.४ ओभरमा ८० रन बनाउँदा नेपालले चौथो विकेट गुमाएको हो । चौथो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरी ९ रनमा आउट भए । सुरुवात राम्रो गरेपनि नेपालका मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा खराब खेलिरहेको छ ।

अहिले क्रिजमा सागर पुन र आरिफ शेख रहेका छन् ।

यसअघि नेपालले १७ ओभरको अन्तिम बलमा ज्ञानेन्द्र मल्ललाई तेस्रो विकेटको रुपमा गुमाएको थियो । उनले ६० बलमा ६ चौका र १ छक्काको मद्दतमा ४५ रन बनाएर आउट भएका थिए । १५.५ ओभरमा नेपालले ५६ रन बनाउँदा दोस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई ८ रनमा गुमाएको थियो । नेपालको पहिलो विकेटको रुपमा सुवास खकुरेल ४ रन आउट भएका थिए ।

नेपाल र ओमनबीचको खेल मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा खेल जारी छ । नेपाल ओमनलाई पराजित गर्दै छनोट प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।

प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएई, सिंगापुर र हङकङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment