Comments Add Comment

अभ्यास खेलमा यू–१९ टोलीको जित, रोहितकुमार, सन्दीप र कमल चम्किए

Photo Credit : रमन शिवाकोटी

६ चैत, काठमाडौं । कप्तान रोहितकुमार पौडेल र सन्दीप जोराको उत्कृष्ट साझेदारी र र कमल सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै नेपालको यू–१९ टोलीले आन्द्र प्रदेशको टोलीलाई ६२ रनले हराएको छ ।

नेपाली टोलीले दिएको २७७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ४५.१ ओभरमा सबै विकेट गुमाएर २१४ रन मात्र बनाउन सक्यो । उसलाई सस्तैमा समेट्ने क्रममा कुशल मल्लले ४ विकेट लिए भने कमल सिंह ऐरीले ३ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा सबै विकेट गुमाएर २७६ रन बनाएको थियो । नेपालको सुरुवात भने खराब रह्यो । ४९ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो । तर, रोहितकुमार र सन्दीप जोराले नेपालको पारी सस्म्हाले ।

दुबैले पाँचौं विकेटका लागि १४५ रनको साझेदारी गरे । सन्दीप ६९ रनमा आउट भए । आठौं विकेटका रुपमा आउट भएका रोहितले ८१ रनको योगदान दिए ।

दशौं नम्बरमा आएका कमल सिंह ऐरील ४४ रन बनाए । २५ बलको सामना गरेका उनले २ चौका र ५ छक्का हाने ।

यू–१९ विश्वकप क्रिकेटको एसियान छनोटको तयारीमा रहेका नेपाली टोली अभ्यास खेलका लागि भारत भ्रमणमा छ । नेपाली टोलीले चार खेल खेल्ने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment