+
+
Shares

बाढीपछि त्रिशूलीमा बन्यो झोलुंगे पुल, जोडियो वारपारको सम्बन्ध (फोटो फिचर)

एक महिनादेखि त्रिशूली वारपारमा सास्ती भोग्दै आएका स्थानीयलाई केही राहत भएको छ।  

रामहरि गजुरेल रामहरि गजुरेल
२०८३ असोज ७ गते २२:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ १० को बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल मर्मतपछि पुनः सञ्चालनमा आएको छ।
  • तारकेश्वर गाउँपालिकाको सक्रियता र प्रदेश सरकारको सहयोगमा नुवाकोटको बेलकोटगढी र तारकेश्वर–२ जोड्ने पुल पुनर्निर्माण गरिएको हो।
  • पुल सञ्चालनपछि नुवाकोट र धादिङका स्थानीयलाई त्रिशूली वारपार गर्न र मोटरसाइकल आवतजावत गर्न सहज भएको छ।

७ असोज, नुवाकोट । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले बगाएको त्रिशूली नदीमाथिको पुल पुन: सञ्चालनमा आएको छ। एक महिनादेखि त्रिशूली वारपारमा सास्ती भोग्दै आएका स्थानीयलाई केही राहत भएको छ।

भदौ १० को बाढीले क्षतिग्रस्त बनाएको नुवाकोटको बेलकोटगढी र तारकेश्वर–२ जोड्ने पिमलटार–जागाराम झोलुङ्गे पुल स्थानीय तारकेश्वर गाउँपालिकाको सक्रियता तथा प्रदेश सरकारसहितको सहयोगमा निर्माण भएको हो।

जिल्लामा त्रिशूली नदी वारपार गर्ने कुनै पनि उपाए नहुँदा स्थानीय सरकारको आग्रहमा प्रदेश सरकार र स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको सस्पेन्सन बृज डिभिजन ललितपुरले पुल पुनर्निर्माण गरेको तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले बताउँछन्।

धादिङको सीमानासँगै रहेको यस स्थानमा पुल सञ्चालनपछि नुवाकोटसहित धादिङ जिल्लाका नागरिकहरूलाई सुविधा पुगेको छ ।

यसअघि बाढीले बचेको एकमात्र गल्छीस्थित मोटरेबल पुलमार्फत् नुवाकोट, धादिङ र रसुवाका नागरिकले आवतजावत गर्दै आएका थिए ।

झोलुङ्गे पुल सञ्चालनपछि मोटरसाइकलसम्म वारपार गर्न सुविधा थपिएको छ भने त्रिशूलीपारिका गाउँमा बढ्दै गएको दैनिक उपभोग्य साग्रीदेखि अन्य अभाव पूरा गर्न आंशिक रुपमै भए पनि सहज भएको छ ।

विनाशकारी भोटेकोशी बाढीका कारण त्रिशूली नदी र यससँग जोडिएका अन्य सहायक नदीका गरी कुल ७४ वटा पुलहरू पूर्ण रूपमा बगेका वा क्षतिग्रस्त भएका छन् । सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागको तथ्यांक अनुसारःमोटरेबल (पक्की) पुल रसुवादेखि चितवनसम्मको करिडोरमा पर्ने कुल ३७ वटा मोटरेबल पुलमध्ये ३३ वटा पुल पूर्ण रूपमा बगेका छन् भने ४ वटामा आंशिक क्षति पुगेको छ ।

तस्वीरहरू : आरके फोटोग्राफी

लेखक
रामहरि गजुरेल

गजुरेल नुवाकोटमा क्रियाशील पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?