+
+
Shares

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

पाँच संसदीय समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते ६:१६
वायाँबाट– सभामुख डीपी अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल

८ असोज, काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारमा बिहान ११ बजे प्रतिनिधिसभाको र दिउँसो सवा १ बजे राष्ट्रियसभाको बैठक बस्न लागेको हो ।

प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नि:शुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यसैगरी, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

राष्ट्रियसभामा लोक सेवा आयोगको प्रतिवेदन पेस हुने

राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची छ ।

राष्ट्रियसभा बैठकमा कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने लगायतका कार्यसूची छन् ।

यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ ।

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नेछन् ।

पाँच संसदीय समितिको बैठक बस्दै

यस्तै, आज विभिन्न पाँच वटा समितिको बैठक बस्दैछ ।

निर्धारित कार्यक्रमअनुसार, कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?