+
+
Shares

संसद्‌मा उठ्यो त्रिपुरेश्वरमा चालकले बसभित्रै बसेर आगो लगाएको विषय

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १३:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँग विवादपछि चालकले बसभित्रै आगो लगाएको घटनामा मृत्यु भएपछि विषय संसद्मा उठेको छ।
  • नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले घटनाको छानबिनका लागि न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेका छन्।
  • रास्वपाका सांसदहरूले चालकको मनोसामाजिक अवस्था, न्यून तलब, आराम र ट्राफिक कारबाहीको शैलीबारे सरकारलाई ध्यान दिन आग्रह गरेका छन्।

६ असोज, काठमाडौं । ट्राफिक प्रहरीसँगको विवादपछि त्रिपुरेश्वरस्थित चालकले बसभित्रै बसेर आगो लगाएको विषय संसद्मा उठेको छ ।

प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले आगो लगाउने चालकको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गरे ।

केही समय अगाडि गणेश नेपालीले पनि त्रिपुरेश्वरमै आगजनी गरेको स्मरण गरे ।

सार्वजनिक यातायातमा विवाद हुँदै गरेको भिडियो आएको भन्दै उनले त्यसमा के भएको हो ? भनेर सरकारसँग जवाफ मागे । यी घटनाले युवामा रहेको निराशा समेत देखाएको भनेर सरकारको ध्यानाकर्षण गरेका हुन् ।

यो घटनाबारे छानबिन गर्न न्यायीक समिति गठन गर्नुपर्ने उनको माग छ ।

रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले पुलिसिङ गर्ने शैलीका सन्दर्भमा ख्याल गर्न आवश्यक रहेको बताइन् । गणेश नेपालीको घटना र मंगलबारको घटनापछि यो विषयमा ख्याल गर्नुपर्ने महसुस भएको बताएकी हुन् ।

साथै, चालकहरूको मनोसामाजिक अववस्थालाई व्यवसायी र सरकारले ख्याल गर्नुपर्ने बताइन् । बदल्नुपर्ने के हो त्यो बदल्न सरकार अगाडि बढ्नुपर्ने उनको आग्रह छ ।

न्यून तलब र आराम नदिने विषय यमसा जोडिन्छ कि भनेर ख्याल गर्न र चालकलाई दोष देखाएर उम्कने प्रवृति नदोर्‍याउन उनको आग्रह छ ।

रास्वपाकी सांसद आशिका तामाङले ट्राफिक प्रहरीले गरेको कारबाही चित्त नबुझे उजुरी दिन सकिने प्रावधान रहेको बताइन् ।

उजुरी दिन सक्ने प्रावधान कतिको उचित छ भनेर ख्याल गर्न उनले आग्रह गरिन् ।

५०० को जरिवाना चित्त बुझेन भनेर ५० हजार खर्च गरेर उजुरी दिन सक्ने व्यवहारिक नरहेको भनेर उनले यसमा सुधार हुनुपर्नेमा जोड दिइन् ।

ट्राफिक प्रहरीले पनि फोटो र भिडियो लिएर त्यसआधारमा पछि कारबाही गर्ने र ठाउँको ठाउँ कारबाही गर्ने प्रवृतिलाई न्यून गर्नुपर्ने उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?