News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाले राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुन्द्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्झौता सर्वसम्मतिले अनुमोदन गरेको छ।
- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मंगलबार सदनमा सम्झौता अनुमोदनको प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
- मन्त्री गौतमले यो सम्झौताले समुन्द्री पर्यावरणको सुरक्षा र स्रोतको न्यायोचित प्रयोगमा सघाउ पुग्ने विश्वास व्यक्त गरिन्।
६ असोज, काठमाडौं । प्रतिनिधिसभाको बैठकले राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्झौतालाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मंगलबार सदनमा उक्त सम्झौता अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
प्रस्ताव प्रश्तुत गर्दै मन्त्री गौतमले यस सम्झौताले समुन्द्री पर्यावरणको सुरक्षा र स्रोतको न्यायोचित प्रयोगमा सघाउ पुग्ने विश्वास व्यक्त गरिन् ।
प्रश्ताव पेश भएसँगै सभामुखले निर्णयार्थ सदनमा पेश गरे ।
सदनमा उपस्थित सांसदहरूले यो प्रश्तावको पक्षमा समर्थन जनाएपछि सभामुख डोलप्रसाद अर्यालले उक्त सम्झौता सर्वसम्मतिले पारित भएको घोषणा गरे ।
नेपालले यसअघि नै संयुक्त राष्ट्र सङ्घीय सामुन्द्रिक कानूनसम्बन्धी महासन्धिको पक्ष राष्ट्रको रूपमा काम गर्दै आएको छ ।
प्रतिक्रिया 4