Comments Add Comment

अष्ट्रेलियामा पीआर लिन ग्रामीण क्षेत्रमा तीन वर्ष काम गर्नुपर्ने

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अष्ट्रेलियमा आप्रवासीहरुको बढ्दो जनसंख्यालाई व्यवस्थापन गर्ने उद्देश्यले नयाँ आप्रवासी नीति ल्याएका छन् ।

बुधबार प्रधानमन्त्री मरिसनले घोषणा गरेको नयाँ नीति अनुसार हरेक वर्ष अष्ट्रेलिया आउने आप्रवासीहरुको संख्यामा १ लाख ९० हजारबाट झारेर करिब १ लाख ६० हजार सम्म पुर्‍याइने स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । खास गरी यहाँका २ ठूला शहर सिड्नी र मेलबर्नकाे चाप कम गर्न याे नीति ल्याइएकाे बताइन्छ ।

उक्त नयाँ नीति पश्चात अब अष्ट्रेलियामा स्थायी बसोबासका लागि आवेदन दिन दिनको लागि योग्य हुनलाई अष्ट्रेलियाका ग्रामीण क्षेत्रमा कम्तीमा तीन वर्ष काम गरेको हुनु पर्नेछ ।

प्रधानमन्त्री मरिसनले यो नीति केबल अष्ट्रेलियाका शहरहरुमा मानिसको बढ्दो चाप कम गर्न मात्र भएको स्पष्ट पारेका छन् ।

नयाँ नीतिअनुसार अष्ट्रेलियामा अध्ययन गर्न आउने अन्तर्राष्टिय विद्यार्थीहरुले यहाँका ग्रामीण क्षेत्रका विश्व विद्यालयहरुमा अध्ययन गरेको खण्डमा एक वर्ष पोस्ट स्टडी वर्क भिसा अनुदान स्वरुप पाउनेछन् ।

हालसम्म स्नातक गरेका अन्तर्राष्टिय विद्यार्थीहरुले पढाइ सकेपछि दुई वर्ष मात्र पोस्ट स्टडी भिसा पाउँथे ।

अष्ट्रेलियाका शहरहरुमा आप्रवासीहरुको संख्यामा आएको वृद्धिका कारण मुख्य शहरका सडकहरुमा बढ्दो जाम र आफ्ना नागरिकहरुले समेत जागिर नपाएको आलोचना खेपिरहेको बेला मरिसनले यस्तो नीति अगाडि सारेका हुन् ।

कतिपयले यसलाई प्रधानमन्त्री मरिसनको चुनावी रणनीति पनि भनेका छन् । अस्टेलियाको संघीय सरकारको निर्वाचन आगामी मे महिनामा हुनेछ ।

अस्टेलियाको विपक्षी नेत बिल सर्टनले पूर्वाधार विकासमा ध्यान नदिइ आप्रवासीका संख्यामा मात्र कटौती गर्ने यो नीतिलाई ‘धुँवा र ऐना’को संज्ञा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment