+
+
Shares

५१ दिनमा ‘अञ्जिला’ले साट्यो खुसी, हल र फिल्म टीमलाई सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २० गते १२:०६

काठमाडौं । फिल्म ‘अञ्जिला’ले प्रदर्शनको ५१ औँ दिनमा सफलता साटेकोे छ । हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा फिल्मको टीम र ५१ दिन मनाएका हलहरूलाई प्रशंसा पत्र प्रदान गर्दै खुसी साटासाट गरिएको हो ।

उक्त अवसरमा सशस्त्र प्रहरी बलका सांस्कृतिक समूहले प्रस्तुति दिए । गायक थानेश्वर गौतमले पनि फिल्मको चर्चित गीत ‘रात किन हुन्छ’को मा प्रस्तुति दिए ।

कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, बोर्डका पूर्वअध्यक्ष राजकुमार राई लगायत सशस्त्र प्रहरी बलका पदाधिकारी, पत्रकार, हल सञ्चालकसहितका व्यक्ति उपस्थित थिए ।

निर्देशक मिलन चाम्सले आफ्नो टीम, दर्शक, पत्रकार र शुभचिन्तक सफलताको हकदार भएको बताए । फागुन २९ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले देशभर ४५ शोसहित ५१ दिन मनाएको हो ।

फिल्मले यो अवधिसम्म ८ करोड ७० लाख रुपैयाँ कमाएको बक्सअफिसमा उल्लेख छ । ५१ दिन पुग्ने पहिलो नेपाली बायोपिक फिल्म बनेको निर्देशक चाम्सले बताए ।

यो फिल्म नेपाली महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनकथामा आधारित छ । शीर्ष भूमिकामा सुब्बा आफैले अभिनय गरेकी छन् । दयाहाङ राई, प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?