+
+
Shares

यी १० अवस्था, जसमा मौन रहेकै राम्रो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते १३:४३

‘बोलेर आगो झोस्नुभन्दा चुप लागेर बस्नु बेस’ भनेझैँ, यस्ता केही परिस्थिति दैनिक जीवनमा आइरहेका हुन्छन् । जसमा मौन रहनु नै उत्तम हुन्छ ।

कहिलेकाहीँ जीवनमा यस्ता केही अवस्था आउँछन् । जसमा मौनताले साना ठूलो विग्रहलाई टार्न सक्छ । दैनिक जीवनमा आइपर्ने यस्ता १० अवस्थाहरू छन्, जहाँ मुखमा ताला लगाएर बस्नु नै बुद्धिमानी ठहरिन्छ ।

१. रिस उठ्दा

रिसाएको बेला कतिपयले आवेगमा आएर तथानाम बोल्न सक्छन् । धेरै रिस उठेपछि बोलिमा नियन्त्रण गर्न नसक्ने बानी धेरैमा हुनसक्छ । त्यसरी रिसमा बोलिने शब्द मनबाट बोलिएको नहुन पनि सक्छ ।

रिस शान्त भ पछि आफूले बोलेका ती शब्दका कारण पश्चाताप गर्नुपर्ने हुनसक्छ । त्यो अवस्था आउन नदिन रिस उठेमा सकेसम्म मौन रहनु उचित हुन्छ ।

बरु, रिस उठिरहेको छ भने त्यो वातावारणबाट केही समय टाढिनु बेस हुन्छ । यसले बनिआएको सम्बन्ध र अवस्थालाई यथावत राख्ने काम गर्छ ।

२. नकारात्मक कुरा नगर्ने

फुर्सदको समय धेरै भयो भने कुरा बढी हुन्छ । कुरै कुरामा नकारात्मक कुरा पनि आइपर्न सक्छ । यसरी समय खेर फाल्ने कामबाट बच्नुहोस् । यदि राम्रो कुरा गर्न सक्नु हुन्न वा बोल्दा बोल्दै कति बोल्न उचित हुन्छ भेउ पाइँदैन भने चुप बस्नु वा ठिक्क समय बिताउनु नै समझदारी हुन्छ ।

अडियोमा सुन्नुहोस्, मौन किन बस्ने ?

३. गफ लगाउने बानी

जोसँग पनि अत्याधिक गफ गर्ने बानीले नजानिँदो पारामा आफू हल्का भइन्छ । अरुले पनि आफूलाई हल्का रुपमा लिदिन्छन् । जसले गर्दा सम्मान दिनु पर्नेले पनि होच्याउन हिचकिच्याउँदैन ।

यस्तो माहौल सधैँ भइरहन्छ वा गफमै समय बितिरहन्छ भने नकारात्मकता फैलिने भय पनि रहन्छ । जसले सम्बन्धमा खटपट ल्याउन सक्छ ।

४. थाहा नभएको कुरामा अड्कल नलगाउने

कतिपयको बानी यस्तो हुन्छ । आफूलाई जानकारी नभएको कुरामा पनि प्याच्च बोल्ने । र, अड्कल लगाएर कुरामा जिद्दी गर्ने । यसले अरुलाई झर्को लाग्ने, आफू तल परिने भय रहन्छ । गलत जानकारी पनि फैलिन सक्छ ।

कुनै कुराको ज्ञान छैन भने अडकल लगाउने वा गलत जानकारी फैलाउनुको साट्टा चुप बसेकै बेस हुन्छ । चुप बस्दा आफू तल परिदैँन । माहोल सकारात्मक नै रहन्छ ।

५. भावना पोख्ने ठाँउ दिने

जब कोही व्यक्ति दु:खी, निराश भएर भेट्न आएको छ भने उसको कुरा सुनिदिनुपर्छ । किनकी, उ मनको बोझ बिसाउने आश लिएर आएको हुन्छ । यस्तोमा उल्टो आफैँ तर्क दिने वा कुरै नसुनी सल्लाह दिने गर्नुहुँदैन । यो बेलामा यी कुरा कम प्रभावी हुनसक्छ । हुनसक्छ, ती व्यक्ति टाढिन पनि सक्छन् ।

६. ज्ञान नभएको कुरामा विचार नपोख्ने

यस्तो विषयमा अभिव्यक्ति दिनबाट जोगिनुपर्छ, जसको कुनै ज्ञान छैन । यसले अर्को व्यक्तिको अघि तपाईँमा ज्ञानको कमी भएको कुरा उजागर हुनसक्छ ।

अरुको अघि हाँसोको पात्र बनिने डर पनि रहन्छ ।

७. काम गर्दा कम बोल्ने

कुनै काम पूरा गर्न एकाग्रता आवश्यक छ भने अनावश्यक कुराकानीमा समय वर्वाद नगर्नु उचित हुन्छ । यसले काम पुरा हुन सक्दैन । कामको गुणस्तर आउनु पर्ने जति नआउन पनि सक्छ ।

८. अरुको पनि सुन्ने

कुनै कुरामा तर्क-वितर्क गर्नुपरेमा आफ्नो कुरा सुनाउने मात्र होइन । अरुको कुरा पनि सुन्नुपर्छ । र, अर्को पक्ष बोल्दा बीचमा काटेर आफैँ बोल्नु हुँदैन ।

९. अरु बोलिरहेको बेलामा घुस्ने बानी

कसैले बोलिरहँदा आफू बीचमा घुसेर आफ्नो तर्क राख्ने बानी पनि राम्रो होइन । आफ्नो सन्दर्भ छैन भने अरु बोलिरहेको ठाउँमा नबोल्नु मात्र होइन कुरा गरिरहेको बेलामा चासो लिएर नबस्नु नै जाति हुन्छ ।

१०. गोपनीयताको सम्मान गर्ने

अरुको गोपनीयताको सम्मान गर्नुपर्छ । कसैले आफ्नो गोप्य कुरा विश्वास गरेर पोखेको छ । वा, अरुको गोप्य कुरा आफूलाई थाहा छ भने भंग गरिदिनुहुँदैन ।

कसैको गोप्य कुरा भन भनेर दबाब दिँदा पनि भन्ने बानी गर्नुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?