+
+
Shares

एक्स्ट्रा मेरिटल अफेयरका ६ कारण

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १२:४४

जब कुनै महिला वा पुरुषले जीवनसाथीबाहेक अरूसँग शारीरिक तथा मानसिक सम्बन्ध बनाउँछन् भने त्यसलाई ‘एक्स्ट्रा मेरिटल अफेयर’ अर्थात विवाह बाहिरको सम्बन्ध भनिन्छ ।

समाजमा एक्ट्रा मेरिटल अफेयर पाइन्छन्, जसका कारण सम्बन्धमा तनाव पनि बढेको छ । यस्तो सम्बन्धलाई जति नै लुकाउन खोजे पनि कुनै न कुनै रुपमा बाहिर आउँछ र यसले वैवाहिक सम्बन्धमा असर गर्ने र टुट्ने अवस्थासम्म पुर्‍याउन सक्छ ।

वैवाहिक सम्बन्धमा बाँधिइसकेकाहरूले बाहिरी व्यक्तिसँग सम्बन्ध राख्नु राम्रो मानिँदैन । यस खालका सम्बन्धका कारण दम्पतीबीच दरार पैदा गर्छ । आफ्नो जीवनसाथीसँग प्रेममा रहेको मान्छे किन अर्को व्यक्तिसँग आकर्षित हुन्छ त ? आफ्नो श्रीमान्-श्रीमती बाहेकका व्यक्तिसँग सम्बन्ध राख्न के कुराले प्रेरित गर्छ त ?

यसका थुप्रै कारण हुन सक्छन्

१. भावनात्मक रूपमा विच्छेद

विवाहपछि पनि, अरू कसैप्रति आकर्षित हुनुको कारण पति वा पत्नीप्रति भावनात्मक रूपमा विच्छेद हुनु हुनसक्छ । पति–पत्नी बीच शारीरिक सम्बन्ध भए पनि, दुवै जना भावनात्मक रूपमा एक अर्कासँग जोडिएका छैनन् भने पति वा पत्नी दुवैले भावनात्मक सहयोगका लागि बाहिर बाटो खोज्न सक्छन् । तिनीहरूले आफूप्रति झुकाव र सहानुभूति राख्ने व्यक्तिसँग लगाव राख्न सक्छन् ।

२. शारीरिक रुपमा सन्तुष्ट नहुनु

यो विवाहित व्यक्तिहरू विवाह बाहिरको सम्बन्धमा रहनुको एउटा प्रमुख कारण हो । जब एक पार्टनर अर्को पार्टनरसँग शारीरिक रूपमा सन्तुष्ट हुँदैन, उसले बाहिर नयाँ विकल्पहरू खोज्न थाल्छ । पति वा पत्नीले आफू शारीरिक रूपमा बढी झुकाव भएको व्यक्तिसँग सम्बन्ध राख्न हिचकिचाउँदैनन् ।

यौनजन्य गतिविधि हार्मोन, मानसिक तथा नशासम्बन्धी कार्यप्रणालीहरूको समन्वयमा हुने कार्य हो । यसमा गडबड भयो भने व्यक्तिलाई पार्टनरबाट यौन सन्तुष्टि नहुने र यौन सन्तुष्टिका लागि अरुसँग सम्बन्ध राख्ने गरेको पनि पाइन्छ ।

३. अवसर वा आकर्षण

कतिपय अवस्थामा, विवाह बाहिरको सम्बन्धका कारण केवल नयाँ सम्बन्ध बनाउने अवसर वा तेस्रो व्यक्तिप्रति आकर्षण हुन सक्छ । यो अवसर वा आकर्षण कुनै व्यावसायिक संलग्नताको कारणले हुन सक्छ । यो सामाजिक सर्कलमा पनि हुन सक्छ । यो तब हुन्छ जब जोडीको एक जना पार्टनरले आफूमाथि नियन्त्रण गुमाउँछ र तेस्रो व्यक्तिसँग सम्बन्ध राख्छ ।

४. वैवाहिक जीवनमा तनाव

कतिपय मानिसहरू आफ्नो वैवाहिक जीवनमा आउने चुनौतीहरूको सामना गर्न नसक्ने भएकाले विवाह बाहिरको सम्बन्धको सहारा लिन्छन् । विशेष गरी यदि उनीहरू मानसिक वा शारीरिक रूपमा विचलित छन् वा आफ्नो पार्टनरसँग सन्तुष्ट छैनन् भने । कहिलेकाहीँ श्रीमान्–श्रीमतीबीच कुनै कुरालाई लिएर झगडा हुन्छ र त्यसपछि पार्टनरले तेस्रो व्यक्तिको स‌ंगतमा शान्ति खोज्न थाल्छ । यस्तोमा एउटा पार्टनरले अर्को पार्टनरसँगको निरन्तर तनावबाट बच्न , विवाहबाह्य सम्बन्धमा प्रवेश गर्छ ।

५. खुसी र सम्मानका लागि

कतिपय सम्बन्धमा, पति वा पत्नीलाई लाग्छ कि उसको पार्टनरले उसलाई चाहेको जति सम्मान दिँदैन । यस्तो अवस्थामा, पति वा पत्नीले असुरक्षित महसुस गर्छन् । यस्तो अवस्थामा, यदि पति वा पत्नीले तेस्रो व्यक्तिबाट बढी सम्मान पाउँछन् भने, उनीहरू त्यो व्यक्तिप्रति आकर्षित हुन्छन् ।

६.असन्तोष एवं बदलाको भाव

आफ्ना पार्टनरसँग जब असन्तोष बढ्छ, बदलाको भाव पैदा हुन्छ, उसले अर्कोसँग सम्बन्ध स्थापित गर्छ । आफ्नो सम्बन्ध उदासीन भएपछि स्वतः उनीहरूले अर्को पार्टनरको आवश्यकता महसुस गर्छन् ।

पार्टनर चित्त नबुझ्दा, पार्टनरको व्यवहार मन नपर्दा, पार्टनरप्रति घृणा पैदा हुँदा उसले अर्कोलाई आफ्नो साथी बनाउन सक्छन् । आफ्नो सम्बन्धमा जब कुनै न कुनै समस्या हुन्छ, उसले अर्को सम्बन्ध बनाउन खोज्छ ।

विवाह बाहिरको सम्बन्धबाट छुटकारा पाउने उपाय

पार्टनरसँग कुरा गर्ने

विवाह बाहिरको सम्बन्धले पतिपत्नी बीचको सम्बन्धमा मात्रै दरार पैदा गर्दैन । यसले परिवारका सम्पूर्ण सदस्यलाई नै तनाव दिन्छ । तनाव मात्रै होइन, यस्तो सम्बन्धले कतिपय जोडीलाई सम्बन्ध विच्छेदसम्म पुर्‍याउँछ ।

यस्तो अवस्थामा दुवैले मनको कुरा खुलेर व्यक्त गर्नुपर्छ । एकअर्काले विश्वास र इमानदारिता कायम राख्नुपर्छ । आफूले कुन अवस्थामा र किन अरूसँग सम्बन्ध गाँसेको हो, त्यसबारे पनि खुलेर कुरा गर्नुपर्छ । फेरि यस्तो गल्ती नदोहोर्‍याउने प्रण गर्नुपर्छ ।

अन्य व्यक्तिसँगको सम्पर्क बन्द गर्ने

यस्ता सम्बन्धले आफू र आफ्नो परिवारको सम्बन्ध बिग्रिन्छ भन्ने कुरा थाहा पाएपछि वा महसुस भएपछि त्यसबाट टाढा रहनुपर्छ । त्यस्तो सम्बन्धमा रहेको व्यक्तिसँग सम्पर्क गर्न नै छाड्नुपर्छ ।

विज्ञको सहयोग लिने

यस खालका सम्बन्धबाट बाहिर आउनका लागि विज्ञको सल्लाह लिनु आवश्यक हुन्छ । हरेक विषयमा विषयविज्ञ भए जसरी विवाह विज्ञ ‘म्यारिटल थेरापिस्ट’ पनि हुन्छन् । आफ्नो अवैध सम्बन्ध र कारणबारे विज्ञलाई खुलेर बताउँदा केही समाधान निस्किन्छ । यस्तो गर्दा विवाह बाहिरका सम्बन्धबाट छुटकारा पाउन सकिन्छ । यसले परिवारको खुसी फर्काउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?