Comments Add Comment

ताप्लेजुङमा अन्तर्राष्ट्रिय चेस हुने

६ चैत, काठमाडौं । तेस्रो थेचम्बो याङवारक अन्तर्राष्ट्रिय खुला चेस प्रतियोगिता ९ देखि १४ बैशाखसम्म ताप्लेजुङको थेचम्बोमा आयोजना हुने भएको छ ।

थेचम्बो याङवारक चेस एसोसिएसन र ताप्लेजुङ जिल्ला बुद्धिचाल संघका आयोजनामा हुने प्रतियोगिताको पुरस्कार राशी ५ लाख १ हजार ५ सय रुपैयाँ रहेको छ ।

प्रतियोगिताको दौरान नेपालका राष्ट्रिय च्याम्पियनहरुको सम्मान कार्यक्रम पनि आयोजना हुने आयोजक कमिटकिा प्रमुख राजकुमार मेन्याङ्वोले जानकारी दिए । फिडे आर्बिटर भवानी लिम्बुको नेतृत्वमा रहने प्राविधिक टोलीले प्रतियोगिता सञ्चालन गर्ने छ ।

प्रतियोगिताको उपाधि विजतोले ५० हजार, उपविजेताले ३५ हजार तथा तेस्रो हुनेले ३० हजार रुपैया पुरस्कार पाउने छन् । यसैगरी, चौथो हुनेले २१ हजार, पाचौं हुनेले २० हजार र छैटौं हुनेले १९ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

यसैगरी, सातौले १८ हजार, आठौले १७ हजार, नवौले १६ हजार तथा १० औ हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । ११ औं देखि १५ औ हुनेले १२ हजार रुपैयाँ पाउने छन् ।

क्याटोगोरी पुरस्कार तर्फ प्रदेश एकको शीर्ष तीन स्थान पाउने खेलाडीले १० हजार, सात हजार र ६ हजार रुपैया पुरस्कार पाउने छन् । महिला तर्फ शिर्ष तीन खेलाडीले ९ हजार,६ हजार र ५ हजार रुपैया तथा भेट्रान तर्फ पनि शीर्ष तीन खेलाडीले सोही रकम बराबरको पुरस्कार पाउने छन् ।

यु–१६ तर्फका शीर्ष तीन खेलाडीले १० हजार, ७ हजार तथा ५ हजार रुपैया पुरस्कार पाउने छन् । ताप्लेजुङका शीर्ष तीन खेलाडीले १० हजार, ७ हजार र ६ हजार रुपैया पुरस्कार पाउने छन् ।

उत्कृष्ट थेचम्बो तर्फ शीर्ष ५ मा रहने खेलाडीले ६ हजार, ५ हजार, ४ हजार ३ हजार र २ हजार रुपैया पुरस्कार पाउने छन् । अनरेटेड तर्फ शीर्ष तीन स्थान पाउने खेलाडीले ९ हजार, ६ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

१५ सय मुनि रेटिङको उत्कृष्टले ८ हजार, १७ सय मुनि रेटिङको उत्कृष्टले ८ हजार र १९ सय मुनि रेटिङको उत्कृष्टले पनि ८ हजार रुपैयाँ नै पुरस्कार पाउने छन् ।

अनुशासित खेलाडीले ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाउने छन् । राइजिङ खेलाडीको पुरस्कार २ हजार, १ हजार ५ सय र १ हजार रुपैयाँ राखिएको छ । प्रतियोगिता स्वीस लिगको आधारमा नौ चरणको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment