+
+

सप्तरीको बोदेबरसाइन नगरपालिकाद्वारा आठ सेवा निःशुल्क

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २५ गते ११:२५

२५ भदौ, सप्तरी ।  सबैतिर कर वृद्धि भएको गुनासो आइरहेका बेला सप्तरीको बोदेबरसाइन नगरपालिकाले कुनै पनि शीर्षकमा करको दरमा वृद्धि नगरेको जनाएको छ ।

जनतालाई सहुलियत हुने गरि विभिन्न आठ शीर्षकमा कायम गरिएको कर मिनाहासमेत गरेको नगरप्रमुख आतेशकुमार सिंहले बताए ।

यसअघि नगरपालिकाले कायम गरेको केही शीर्षकको कर बढी भएको सेवाग्राहीबाट गुनासो आउन थालेपछि कार्यपालिकाको बैठकबाट छलफल गरी कर दर रेटमा संशोधनसहित आठ शीर्षकको कर मिनाहा गरी निःशुल्क गरिएको प्रमुख सिंहले जानकारी दिए ।

नगरपालिकाले जारी गरेको सूचनामा नागरिकता प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्धबिच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश र स्वास्थ्यसम्बन्धी सिफारिश सेवा निःशुल्क गरिएको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?