+
+

क्षयरोग उन्मुलन गर्न विश्व सम्पदा सुचीका दुई स्थानमा रातो बत्ती बालिदै

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १० गते १७:३९

१० असोज, काठमाडौं । विश्वलाई क्षयरोगमुक्त बनाउन बुधबार विश्वका विभिन्न सहरहरुमा रातो बत्ती बालिने भएको छ ।

युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको विश्वका विभिन्न ऐतिहासिक सम्पदामा रातो बत्ती बालेर विश्व स्वास्थ्य संगठनले यो अभियानको थालनी गरेको हो ।

नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनको आयोजनामा युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको नेपालका दुईटा महत्वपूर्ण सम्पदा क्षेत्र पाटन दरवार स्क्वायर तथा काठमाडौ दरवार क्षेत्रमा पनि रातो बत्ती बालेर यो अभियानको थालनी गरिदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विश्व स्वास्थ्य संगठन नेपालका उच्च पदाधिकारीले ‘क्षयरोग उन्मुलनका लागि विश्वलाई रातो बत्तीले प्रकाशमय बनाऔ’ भन्ने कार्यक्रमको शुभारम्भ गर्नेछन् । कार्यक्रमको उद्घाटन पाटन दरवार स्क्वायरमा गरिनेछ ।

अमेरिकाको न्युर्योकमा आजै हुन गइरहेको क्षयरोग सम्बन्धी संयुक्त राष्ट्रसंघको पहिलो उच्चस्तरीय वैठक (यूएनएचएमएल)को उपलक्ष्यमा यो कार्यक्रम विश्वभर आयोजना गरिन लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारी, क्षयरोग उपचार गरेर निको भएका व्यक्ति, प्रभावित समुदाय, प्राविधिक साझेदार, अनुसन्धानकर्ता, निजी क्षेत्रका प्रतिनिधि र अन्य प्रमुख सरोकारवालाको वैठकले सन् २०३० सम्ममा विश्वलाई क्षयरोगमुक्त बनाउने प्रतिवद्धतालाई पूरा गर्न क्षयरोग रोकथामको कदम चाल्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?