यो बर्षको सुरुवातदेखि नै थुप्रै बलिउडकर्मीका सन्तानले रंगिन पर्दामा आफ्नो पाइला राखेका छन् । यहीविचमा, बलिउडका चर्चित नायक सुनिल सेट्टीका छोरा अहान सेट्टीले पनि बलिउडमा पाइला राख्ने भएका छन् ।
साजिद नाडियाडवालाको प्रोडक्शनबाट बन्न लागेको एक चलचित्रबाट अहान बलिउडमा भित्रन लागेका हुन् । उनले काम गर्न लागेको हिन्दी चलचित्र, ‘आर एक्स १००’ नामक तेलुगु चलचित्रको रिमेक हो । यो चलचित्रलाई ‘द डर्टी पिक्चर्स’का निर्देशक मिलन लुथ्रियाले निर्देशन गर्दैछन् ।
यो चलचित्रको छायांकन चाडै नै सुरु हुनेछ । चलचित्रलाई सन् २०१९ को मे महिनामा रिलिज गर्ने योजना यसका निर्माताको छ । सुनिलकी छोरी आथिया सेट्टी बलिउडमा प्रवेश गरेतापनि उनले कुनै तहल्का मच्चाउन सकेकी छैनन् । अब, छोराको आगमनले सुनिललाई खुशी बनाउला कि के गर्ला ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4