+
+

‘पूँजी वृद्धिका कारण पुर्वाधारमा लगानी बढ्यो’

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १४ गते १२:३५

१४ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बैंक तथा वित्तीय संस्थाका लागि ल्याईएको पूँजी वृद्धिका कारण पुर्वाधारमा लगानी अत्यधिक बढेको बताएका छन् ।

शुक्रबार मिडिया इन्टरनेसनलले आयोजना गरेको वर्तमान बैंकिङ अवस्था र यसका चुनौती विषयक अन्र्तक्रियामा उनले पूँजी वृद्धि हुनु अघि कमजोर रहेका बैंकहरू पूँजी वृद्धि पछि ठूलो परिमाणमा लगानी गर्न सक्षम भएको बताए ।

०७२ साल अघि जलविद्युत् क्षेत्रमा ३० अर्ब बैंकिङ लगानी रहेकोमा पूँजी वृद्धि पछि बढेर अहिले ८० अर्ब पुगेको उनले जानकारी दिए ।

निजी क्षेत्रको भूमिकाका कारण नेपालको वित्तीय क्षेत्र बलियो भएको उनको भनाइ छ ।  सरकारले विस २०४० सालमा निजी क्षेत्रका लागि लगानी खुला गरेपछि मुलुकको वित्तीय क्षेत्र सबल भएको कार्यकारी निर्देशक थापाले बताए ।

नेपालमा अझै पनि ५५ प्रतिशत नागरिक वित्तीय पहुँचमा नरहेको उनले बताए । विश्व बैंकको प्रतिवेदन अनुसार छिमेकी मुलुक भारतमा ८० प्रतिशत नागरिक वित्तीय पहुँचमा रहेको बताउँदै उनले प्रविधिको उपयोग गर्न नसक्दा नेपाल पछि परेको बताए ।

यसका लागि वित्तीय साक्षरता अभियानलार्इ अझ प्रभावकारी ढंगले  सञ्चालन गर्न जरुरी रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?