नेपाल भारत सीमामा रहेका सात वटा भन्सार कार्यालयमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्यसहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
झापाको भद्रपुर, सुनसरीको कोशीब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयहरुमा बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।
भन्सार विभागका महानिर्देशक तोयम रायाज्ले जलेश्वर भन्सार राजश्व संकलन काउण्टर उद्घाटन गरेका छन् ।
एक्स्टेन्सन काउण्टरको सेवाबाट सम्बन्धित भन्सार कार्याल्ायहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयातनिर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुने र राजश्व संकलन प्रक्रियामा पनि टेवापुग्ने विश्वास लिइएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4