+
+

झाडू लिएर सफाइमा उत्रिए मुख्यमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १९ गते ११:२०

१९ मंसिर, जनकपुरधाम । विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधाम क्षेत्रमा बृहत सरसफाइ गरिएको छ । बुधबार बाह्रविघा रंगभूमि मैदान, जनकी मन्दिर, राम मन्दिर, रामनन्द चोक लगायतका स्थानमा सफाइ गरिएको हो ।

सरसफाइ कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीहरुको समेत सहभागिता थियो । मुख्यमन्त्री लालबाबु राउत आफैं झाडू लिएर सफाइमा खटिएका थिए ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, विद्यार्थी, सामाजिक संघसंस्थाका साथै सुरक्षा निकायको पनि सफाइ कार्यक्रममा सक्रिय सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?