१ मंसिर, सुनसरी । इटहरीमा विश्व बैंकको सहयोगमा एक अर्ब बढीको कार्यक्रम सञ्चालन हुने भएको छ ।
इटहरी उपमहानगरका वरिष्ठ इन्जिनियर अर्जुन दाहालका अनुसार शहरी शासकीय क्षमता तथा पूर्वाधार आयोजना अन्र्तगत भौतिक पूर्वाधारसहित उपमहानगरको क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन हुने छ ।
पाँच वर्षसम्म सञ्चालन हुने कार्यक्रमका लागि इटहरीमा ४ वटा जति ठूला योजना छनौट गरिने छ ।
विश्व बैंकले इटहरी उपमहानगरसहित देशभरका १७ वटा नगरपालिकाहरुमा भौतिक पूर्वाधारसहित नगरपालिकाको क्षमता अभिवृद्धि र ४ वटामा क्षमता अभिवृद्धि कार्यक्रमका लागि १५० मिलियन डलर सहयोग गर्न लागेको हो ।
यी कार्यक्रमका लागि कन्सल्टयान्ट नियुक्तिको चरणमा रहेको वरिष्ठ इन्जिनियर दाहालले वताए । त्यसपछि डिपिआर निर्माणको चरणमा पुगिने उनले जानकारी दिए ।
विश्व वैकको सहयोगमा सञ्चालन गरिने सो कार्यक्रमको तयारीका बारेमा बुधवार काठमाडौमा कार्यशाला सम्पन्न भइसकेको छ ।
कार्यशालामा इटहरीउपमहानगरवाट उपमेयर लक्ष्मी गौतम, बरिष्ठ इन्जिनियर अर्जुन दाहाल र प्रशासकीय अघिकृत दीपक दाहाल सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4