+

भारत जितनजिक, १०४ रन बनाउँदा अष्ट्रेलियाले गुमायो ४ विकेट

२०७५ मंसिर  २३ गते १५:२४ २०७५ मंसिर २३ गते १५:२४
भारत जितनजिक, १०४ रन बनाउँदा अष्ट्रेलियाले गुमायो ४ विकेट

२३ मंसिर, काठमाडौं । पहिलो टेष्ट क्रिकेटको चौथो दिनको समाप्तिसम्म आइपुग्दा भारत अष्ट्रेलियाविरुद्ध जित नजिक पुगेको छ ।

३२३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले चौथो दिनको समाप्तिसम्म १०४ रन बनाउँदा आफ्नो महत्वपूर्ण चार विकेट गुमाइसकेको छ ।

क्रिजमा शाउन मार्स ३१ र ट्राभिस हेड ११ रनमा अविजित छन् । यसअघि अष्ट्रेलियाका मार्कुस हृयारिस २६ र आरोन फिन्च ११ रनमा आउट भए । त्यस्तै, पिटर हेन्डस्कोम्बले १४ रन बनाए ।

भारतका लागि रविचन्द्रन अश्विन र मोहम्मद सामीले समान २-२ विकेट लिए । पहिलो टेष्ट खेलको पाँचौ दिन सोमबार अष्ट्रेलियाले यही स्थितिबाट ब्याटिङ थाल्ने छ ।
आफ्नो पहिलो पारीमा अष्ट्रेलियाले २३५ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

आफ्नो पहिलो इनिङ्समा सबै विकेटको क्षतिमा २५० रन बनाएको भारतले दोस्रो इनिङ्समा सबै विकेटको क्षतिमा ३०७ रन बनाएपछि अष्ट्रेलियाले ३२३ रनको चुनौती पाएको थियो ।

पहिलो इनिङ्समै शतकसहित १२३ रन बनाएर भारतलाई उकासेका चेतेश्वर पुजराले दोस्रो इनिङ्समा पनि सर्वाधिक ७१ रन बनाए । त्यस्तै, भारतका लागि अजिन्क्या राहनेले ७० रन बनाएका थिए ।

पहिलो इनिङ्समा अष्ट्रेलियाका लागि दुई विकेट लिएका नाथन लियोनले दोस्रो इनिङ्समा थप ६ विकेट लिन सफल भए ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय