+

म्यानचेष्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

२०८१ जेठ  ६ गते २२:५३ २०८१ जेठ ६ गते २२:५३
म्यानचेष्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

६ जेठ, काठमाडौं । म्यानचेष्टर सिटीले लगातार चौथो पटक इंग्लिस प्रिमियर लिगको उपाधि जित्दै रेकर्ड बनाएको छ ।

आइतबार भएको अन्तिम खेलमा वेष्टह्यामलाई ३–१ ले हराउँदै सिटीले उपाधि रक्षा गरेको हो । घरेलु मैदान, इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले दोस्रो मिनेटमा फोडेनले गोल गरेका थिए भने १८औं मिनेटमा उनले दोस्रो गोल गरे ।

तर पहिलो हाफको अन्त्यतिर गोल गर्दै वेष्टह्यामले खेलमा फर्किने संकेत गरेको थियो । खेलको ५९ औं मिनेटमा रोड्रीले गोल गरेपछि भने सिटी ३–१ ले अगाडि रह्यो ।

फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय