News Summary
Generated by OK AI. Editorially reviewed.- एन्फाले विशेष कारण देखाउँदै आज बिहान ११ बजे राखेपमा तय ज्ञापनपत्र, धर्ना र पत्रकार सम्मेलन अर्को सूचना जारी नभएसम्म स्थगित गरेको छ।
- फिफाले गत असार १० गते तेस्रो पक्षको हस्तक्षेप भन्दै एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबल प्रभावित बनेको छ।
३० भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज आयोजना गर्ने भनिएको ज्ञापनपत्र बुझाउने, धर्ना तथा पत्रकार सम्मेलन कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।
एन्फाले सोमबार सूचना जारी गर्दै विशेष कारणवश बिहान ११ बजे राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा तय गरिएको कार्यक्रम स्थगित गरिएको जनाएको हो ।
फिफाबाट निलम्बनमा परेको एन्फाले निलम्बन फुकुवाका लागि सरकारको ध्यानाकर्षण गराउन कर्मचारी, रेफ्री, प्रशिक्षकसहितको टोलीले राखेपमा ज्ञापनपत्र बुझाउने, एक घण्टा धर्ना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने तयारी गरेको थियो ।
तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत असार १० गते एन्फालाई निलम्बन गरेको थियो । त्यसयता नेपाली फुटबल नै प्रभावित बनेको छ ।
प्रतिक्रिया 4