News Summary
Generated by OK AI. Editorially reviewed.- फिफाबाट निलम्बनमा परेको एन्फाले निलम्बन फुकुवाका लागि मंगलबार राखेपमा ज्ञापनपत्र बुझाएर एक घन्टा धर्ना दिने भएको छ।
- महासचिव किरण राईले साफ गेम खेल्न पाउने नपाउनेलगायतका विषयमा फुटबल समस्या समाधानका लागि ज्ञापनपत्र बुझाउन लागिएको बताए।
- एन्फाले कर्मचारीसँग छलफलपछि धर्ना र पत्रकार सम्मेलनको कार्यक्रम तय गरेको हो।
२९ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले निलम्बन फुकुवाका लागि ज्ञापनपत्रसहित धर्ना दिने भएको छ ।
एन्फा कर्मचारी, रेफ्री, प्रशिक्षकसहितको टोलीले मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा धर्ना दिने कार्यक्रम रहेको महासचिव किरण राईले जानकारी दिए ।
‘एन्फा निलम्बन फुकुवासँग सम्बन्धित कुराहरू छ । साफ गेम अब खेल्न पाउने नपाउने भन्ने छ । ती विषयलाई लिएर फुटबलको समस्या समाधानका लागि ज्ञापनपत्र बुझाउँदै छौं’ महासचिव राईले अनलाइनखबरसँग भने ।
ज्ञापनपत्र बुझाएपछि राखेप परिसरमा एक घन्टा धर्ना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने एन्फाको तयारी छ । एन्फाले कर्मचारीहरूसँगको छलफलपछि ज्ञापनपत्रसहित धर्ना कार्यक्रम तय गरेको हो ।
तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत १० असारमा एन्फालाई निलम्बन गरेको थियो । जसले नेपाली फुटबल शून्य अवस्थामा छ ।
फुकुवाका लागि सरकारले कुनै पनि पहल नगरेको एन्फा नेतृत्वको दाबी छ ।
प्रतिक्रिया 4