+

राजस्थान र कोलकाताले अंक बाँडे, हैदरावादले पहिलो क्वालिफायर खेल्ने

२०८१ जेठ  ७ गते ६:२० २०८१ जेठ ७ गते ६:२०
राजस्थान र कोलकाताले अंक बाँडे, हैदरावादले पहिलो क्वालिफायर खेल्ने

७ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को लिग चरणको अन्तिम खेलमा कोलकाता नाइट राइडर्स् र राजस्थान रोयल्सले अंक बाँडेका छन् ।यससँगै आईपीएलको प्लेअफ समीकरण पूरा भएको छ ।

गुवाहिटीमा तय भएको आइतबार रातिको खेल वर्षाले प्रभावित भएपछि दुवै टिमले एक/एक अंक बाँडेका हुन् ।

अन्तिम खेलको नतिजाले लिग चरणमा दोस्रो र तेस्रो हुने टोलीको टुंगो लागेको छ । अंक बाँडेपछि राजस्थान नेट रनरेटले हैदराबाद भन्दा पछि पर्दै तेस्रो स्थानमा रह्यो भने राजस्थानले दोस्रो स्थान कायम गर्‍यो ।

कोलकाताको शीर्ष स्थान र बेंगलुरुको चौथो स्थान भने यसअघि नै पक्का भइसकेको थियो ।

यो नतिजासँगै दोस्रो भएको हैदराबादले कोलकातासँग मंगलबार पहिलो क्वालिफायर खेल्ने भएको छ ।

तेस्रो भएको राजस्थानले चौथै हुँदै प्लेअफमा पुगेको बेंगलुरुसँग एलिमिनेटर खेल्नेछ । एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछ ।

आईपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय