+

म्यानचेष्टर सिटीले जित्यो प्रिमियर लिग उपाधि

२०८१ जेठ  ७ गते ७:५८ २०८१ जेठ ७ गते ७:५८
म्यानचेष्टर सिटीले जित्यो प्रिमियर लिग उपाधि

७ जेठ, काठमाडौं । म्यानचेष्टर सिटीले लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जित्दै कीर्तिमान बनाएको छ ।

आइतबार राति घरेलु मैदानमा भएको लिगको अन्तिम खेलमा वेष्ट हम युनाइटेडलाई ३-१ ले पराजित गर्दै सिटी च्याम्पियन बनेको हो ।

अन्तिम दिनसम्म सिटी र आर्सनल दुवै उपाधि होडमा थिए । उपाधि जित्न सिटीलाई स्पष्ट जितको आवश्यकता थियो । यस्तै आर्सनलको हकमा भने उपाधि जित्न सिटीले अंक गुमाउनुपर्ने थियो ।

तर अन्तिम दिन सिटी र आर्सनल दुवै विजयी भए । उपाधि सिटीको पक्षमा गयो । सिटीले ३८ खेलबाट ९१ अंक जोड्यो । एभरटन विरुद्ध २-१ को पुनरागमन जित हात पारेको आर्सनलले ८९ अंक जोड्यो ।

सिटी लगातार चौथो पटक प्रिमियर लिग जित्न पहिलो टोली बनेको छ । सिटीलाई च्याम्पियन बनाउन फिल फोडेनले दुई तथा रोड्रीले एक गोल गरे ।

सिटी र आर्सनलसँगै लिभरपुल र एस्टन भिल्ला यस सिजन शीर्ष चारमा रहेर च्याम्पियन्स लिगका लागि छनोट भएका छन् ।

प्रिमियर लिग म्यानचेष्टर सिटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय