+

बंगलादेशका युवा ब्याटर अरिफुल इस्लामले एनपीएल खेल्ने

२०८३ असोज  ४ गते १८:२१ २०८३ असोज ४ गते १८:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगलादेशका २१ वर्षीय युवा ब्याटर अरिफुल इस्लाम नेपाल प्रिमियर लिगको तेस्रो संस्करण खेल्न नेपाल आउने भएका छन् ।
  • अरिफुल कुन फ्रेन्चाइजबाट खेल्ने औपचारिक घोषणा हुन बाँकी छ, तर सामाजिक सञ्जालमा उनी कर्णाली याक्सबाट खेल्ने चर्चा छ ।
  • एनपीएलका लागि बंगलादेशबाट शाकिब अल हसन पोखरा एभेन्जर्समा अनुबन्ध भइसकेका छन्, र डेभिड वार्नर, चरिथ असलंका तथा सिकन्दर राजा पनि आउने पक्का छ ।

४ असोज, काठमाडौं । बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम पनि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आउने भएका छन् ।

बंगलादेशी समाचार संस्था टी–स्पोर्ट्स का अनुसार २१ वर्षीय अरिफुलले एनपीएल खेल्ने निश्चित भएको हो । यद्यपी उनी कुन फ्रेन्चाइजबाट खेल्ने भन्ने औपचारिक घोषणा भने हुन बाँकी छ ।

सामाजिक सञ्जालमा भने अरिफुल कर्णाली याक्सबाट खेल्ने चर्चा चलिरहेको छ । कर्णालीले यसअघि बंगलादेशका यू–१९ विश्वकप विजेता कप्तान अकबर अलीलाई पनि अनुबन्ध गरिसकेको छ।

दायाँहाते ब्याटर अरिफुलले अझै बंगलादेशको सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका छैनन् । उनले टी–२० क्रिकेटमा १७ खेल खेल्दै ४२७ रन बनाएका छन् ।

एनपीएलको तेस्रो संस्करणका लागि बंगलादेशबाट यसअघि शाकिब अल हसन पोखरा एभेन्जर्समा अनुबन्ध भइसकेका छन् ।

अस्ट्रेलियाका डेभिड वार्नर, श्रीलंकाका चरिथ असलंका, जिम्बाबेका सिकन्दर राजा लगायत अन्तर्राष्ट्रिय स्टार खेलाडीहरू पनि नेपाल आउने पक्का भइसकेको छ ।

अरिफुल इस्लाम एनपीएल २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय