News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा जारी २०औं एसियन गेम्समा चीनले ११ स्वर्ण, ६ रजत र ३ कास्यसहित पदक तालिकामा शीर्ष स्थान कायम गरेको छ।
- आयोजक जापानले ६ स्वर्ण, ६ रजत र ७ कास्य जितेर चीनलाई पछ्याइरहेको छ भने दक्षिण कोरिया ३ स्वर्ण, ३ रजत र ७ कास्यसहित तेस्रो स्थानमा छ।
- नेपालले हालसम्म कुनै पनि पदक जित्न सकेको छैन।
४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्समा चीन ११ स्वर्ण पदक जित्दै शीर्ष स्थानमा छ । यो समाचार तयार पार्दासम्म चीनले ११ स्वर्णसहित ६ रजत र ३ कास्य पदक जितेको छ ।
आयोजक जापानले चीनलाई पछ्याइरहेको छ । जापानले ६ स्वर्ण, ६ रजत र ७ कास्य पदक जितेको छ । दक्षिण कोरियाले ३ स्वर्ण, ३ रजत र ७ कास्यसहित तेस्रो स्थानमा छ ।
कजाखस्तानले ३ स्वर्ण र दुई रजत जितेको छ । थाइल्यान्डले ३ स्वर्ण, म्यानमारले समान एकएक स्वर्ण, रजत र कास्य पदक जित्दा मकाओले एक स्वर्ण र एक रजत पदक जितेको छ ।
कुवेतले एक स्वर्ण र एक कास्य पदक जित्दा चाइनिज ताइपेइले दुई रजत र एक कास्य जितेको छ । हङकङ र भारतले समान दुई-दुई रजत जितेका छन् ।
इन्डोनेसियाले एक रजत र तीन कास्य, इरानले एक रजत र दुई कास्य तथा लेवनानले एक रजत र एक कास्य पदक जितेका छन् । सिंगापुरले एक रजत र एक कास्य जित्दा कतार र उज्वेकिस्तानले समान एक-एक रजत जितेका छन् ।
कम्बोडिया, मलेसिया र भियतनामले समान दुई-दुई कास्य पदक जित्दा ब्रुनाइ, इरान, साउदी अरेबिया, मंगोलिया, फिलिपिन्स र ताजकिस्तानले समान एक-एक कास्य पदक जितेका छन् ।
नेपालले भने हालसम्म कुनै पनि पदक जित्न सकेको छैन ।
प्रतिक्रिया 4