+

बसुन्धरा किङ्सका लागि अन्जन विष्टको पहिलो गोल

२०८३ असोज  ४ गते १७:१२ २०८३ असोज ४ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्जन विष्टले आरामबाग क्रीरा सङ्घविरुद्ध ३२औं मिनेटमा पेनाल्टीबाट बसुन्धरा किङ्सका लागि पहिलो आधिकारिक गोल गरेका छन् ।
  • विष्टको गोलपछि बसुन्धरा किङ्सले अग्रता लिए पनि थपिएको ९०+८औं मिनेटमा गोल खाएर खेल १–१ को बराबरीमा सकिएको छ ।
  • विष्टले सामाजिक सञ्जालमा 'यो ब्याज, यो टोली र हामीलाई साथ दिने हरेक समर्थकका लागि पहिलो गोल' भन्दै थप गोल र अविस्मरणीय क्षणहरू आउने उल्लेख गरेका छन् ।

४ असोज, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्टले बंगलादेश प्रिमियर लिगमा बसुन्धरा किङ्सका लागि आफ्नो पहिलो गोल गरेका छन् ।

आरामबाग क्रीरा सङ्घविरुद्धको खेलमा विष्टले ३२औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बसुन्धरालाई अग्रता दिलाएका थिए । तर निर्धारित समयपछि थपिएको ९०+८औं मिनेटमा गोल खाएपछि बसुन्धरा १–१ को बराबरीमा रोकियो ।

यो गोल विष्टको बसुन्धरा किङ्सका लागि पहिलो आधिकारिक गोल हो । उनले खेलपछि सामाजिक सञ्जालमा ‘यो ब्याज, यो टोली र हामीलाई साथ दिने हरेक समर्थकका लागि पहिलो गोल’ भन्दै थप गोल र अविस्मरणीय क्षणहरू अझै आउन बाँकी रहेको उल्लेख गरेका छन् ।

बसुन्धरा किङ्स बंगलादेश फुटबलको सबैभन्दा सफल क्लबमध्ये एक हो । क्लबले ६ पटक बंगलादेश प्रिमियर लिगको उपाधि जित्दै घरेलु फुटबलमा आफ्नो वर्चस्व कायम राखेको छ ।

अञ्जन विष्ट अन्जन विष्ट बसुन्धरा किङ्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय