News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलको क्लासिफिकेसन म्याचमा नेपालले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको छ।
- ओकाजाकी चुओ सोगो पार्क जिम्नेसियममा नेपालले पहिलो सेट २५–२०, दोस्रो २५–१६ र तेस्रो २५–२० ले जितेको छ।
- नेपालले अब ९ देखि १२औं स्थानका लागि हङकङसँग खेल्नेछ, र समूह चरणका दुवै खेल हारेपछि पदक दौडबाट बाहिरिएको छ।
४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलको क्लासिफिकेसन म्याचमा नेपालले कीर्गिस्तानलाई पराजित गरेको छ ।
जापानको ओकाजाकी चुओ सोगो पार्क जिम्नेसियममा भएको खेलमा नेपालले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
नेपालले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्यो ।
नेपालले अब ९ देखि १२औं स्थानका लागि हङकङसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणका दुवै खेलमा पराजित भएको नेपाल पदक दौडबाट भने बाहिरिसकेको छ ।
प्रतिक्रिया 4