+

एसियन गेम्समा एरिका गुरुङले जित्न सकिनन् पदक

२०८३ असोज  ४ गते १४:०३ २०८३ असोज ४ गते १४:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा जारी २०औं एसियन गेम्समा नेपालकी कराते खेलाडी एरिका गुरुङ महिला ६८ केजीमाथिको कास्य पदक प्रतिस्पर्धामा ८–७ ले पराजित भइन्।
  • ७–५ को अग्रतामा रहेकी एरिकाले अन्तिम समयमा तीन अंक गुमाउँदा पदकविहीन बनेकी हुन्।
  • यसअघि पुरुष कुमितेतर्फ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका मिनबहादुर तामाङ र राकेश मानन्धर पनि पराजित भएका थिए।

४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्समा नेपालकी कराते खेलाडी एरिका गुरुङ पदक जित्न असफल भएकी छन् ।

महिला ६८ केजीमाथिको तौल समूहको कास्य पदकका लागि भएको प्रतिस्पर्धामा एरिका साउदी अरेबियाकी दिना अहमद मुस्तफा एससँग ८–७ ले पराजित हुन पुगिन् ।

७–५ को अग्रतामा रहेकी एरिकाले अन्तिम समयमा तीन अंक गुमाउँदा पदकविहीन बन्न पुगिन् । १९औं एसियन गेम्समा एरिकाले रजत पदक जितेकी थिइन् ।

यसअघि पुरुष कुमितेतर्फ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका नेपालका मिनबहादुर तामाङ र राकेश मानन्धर पनि पराजित भएका थिए ।

२०औं एसियन गेम्स एरिका गुरुङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय