+

२०औं एसियन गेम्समा जापानले जित्यो पहिलो स्वर्ण पदक

२०८३ असोज  ४ गते १३:५५ २०८३ असोज ४ गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा जारी २०औं एसियन गेम्समा जापानका ताकुमी होजोले पुरुष व्यक्तिगत ट्रायथलनमा ५२ मिनेट ५६ सेकेन्डमा स्वर्ण पदक जिते ।
  • चीनका झाङ सिरुईले रजत र कजाकिस्तानका अरलान झानाबेले कांस्य जिते भने होजोले २०२८ लस एन्जलस ओलम्पिकका लागि योग्यता पनि हासिल गरे ।
  • महिला व्यक्तिगत ट्रायथलनमा चीनकी लिन सिन्युले ५७ मिनेट ३७ सेकेन्डमा स्वर्ण जितिन् र ह्वाङ आन्चीले रजत पदक जितिन् ।

४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्समा घरेलु टोलीले पहिलो स्वर्ण पदक जितेको छ । जापानका ताकुमी होजोले पुरुष व्यक्तिगत ट्रायथलनमा स्वर्ण पदक जितेका हुन् ।

उनले ७५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र ५ हजार मिटर दौड निर्धारित ५२ मिनेट ५६ सेकेन्डमा पूरा गरे । उनी रजत पदक विजेता चीनका झाङ सिरुईभन्दा ९ सेकेन्ड अगाडि रहे । कजाकिस्तानका अरलान झानाबेले थप ६ सेकेन्ड पछि पर्दै कांस्य पदक जिते ।

होजोले स्वर्ण पदकसँगैसन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा सहभागिताका लागि समेत योग्यता हासिल गरेका छन् ।

महिला व्यक्तिगत ट्रायथलनमा भने चीनले पुरुषतर्फको नतिजाको उल्टो नतिजा निकाल्यो । लिन सिन्युले ५७ मिनेट ३७ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितिन् । उनले हाङझाउमा भएको पछिल्लो एसियाली खेलकुदमा जितेको रजत पदकलाई स्वर्णमा सुधार गरेकी हुन् ।

चीनकै ह्वाङ आन्चीले लिनभन्दा २१ सेकेन्ड पछि रहँदै रजत पदक जितेर चीनलाई स्वर्ण र रजत दुवै दिलाइन् । जापानकी मानामी हयाशीले ५८ मिनेट ३६ सेकेन्डमा दौड पूरा गर्दै कांस्य पदक जितिन् ।

२०औं एसियन गेम्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय