News Summary
Generated by OK AI. Editorially reviewed.- जापानको तोयोहाशी जिम्नेसियममा २०औं एसियन गेम्सअन्तर्गत कराते पुरुष कुमिते ५५ केजीमूनिको सेमिफाइनलमा राकेश मानन्धर उज्वेकिस्तानका खुमोयुनमिर्जो खालिमोभसँग ७–० ले पराजित भएका छन्।
- राकेशले खालिमोभविरुद्ध कुनै अंक जोड्न सकेनन् र अब कांस्य पदकका लागि मलेसियाका थेवेन्द्रन कालियाना सुन्दरमसँग प्रतिस्पर्धा गर्नेछन्।
४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत करातेको सेमिफाइनलमा नेपालका राकेश मानन्धर पराजित भएका छन् ।
जापानको तोयोहाशी जिम्नेसियममा भएको पुरुष कुमिते ५५ केजीमूनिको तौल समूहको सेमिफाइनलमा राकेश उज्वेकिस्तानका खुमोयुनमिर्जो खालिमोभसँग ७–० ले पराजित भए ।
खालिमोभसँग राकेशले कुनै पनि अंक जोड्न सकेनन् ।
पराजित भएपनि राकेशले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ । राकेशले मलेसियाका थेवेन्द्रन कालियाना सुन्दरमसँग काश्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4