+

२०औं एसियन गेम्स: करातेमा नेपालका मिनबहादुर क्वार्टरफाइनल प्रवेश

२०८३ असोज  ४ गते १०:५२ २०८३ असोज ४ गते १०:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा जारी २०औं एसियन गेम्सको पुरुष कराते कुमिते ६८ केजीमाथि मिनबहादुर तामाङले हङकङका चाउ का हिमलाई ४–१ ले हराउँदै क्वार्टरफाइनल प्रवेश गरे ।
  • मिनबहादुर तामाङले तोयोहाशी जिम्नेसियममा राउन्ड अफ १६ को खेल जितेर क्वार्टरफाइनल पुगेका हुन् ।
  • क्वार्टरफाइनलमा उनले ताजकिस्तानका मोहम्मद मिर्जोजोडासँग खेल्नेछन् ।

४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष करातेमा नेपालका मिनबहादुर तामाङ क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

जापानको तोयोहाशी जिम्नेसियममा भएको कुमिते ६८ केजीमाथिको प्रतिस्पर्धाको राउन्ड अफ १६ को खेलमा हङकङका चाउ का हिमलाई हराउँदै मिनबहादुर क्वार्टरफाइनल प्रवेश गरेका हुन् ।

उनले चाउलाई ४–१ ले पराजित गरे ।

अब उनले क्वार्टरफाइनलमा ताजकिस्तानका मोहम्मद मिर्जोजोडासँग खेल्नेछन् ।

२०औं एसियन गेम्स मिनबहादुर तामाङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय