+
इंग्लिस प्रिमियर लिग :

ब्राइटनको एकपक्षीय जित, आर्सनलको पहिलो हार

२०८३ असोज  ३ गते २२:०१ २०८३ असोज ३ गते २२:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ब्राइटनले शनिबार आर्सनललाई ३-० ले हराएर इंग्लिस प्रिमियर लिगमा आर्सनलको यो सिजनको पहिलो हार गराएको छ।
  • ब्राइटनका पास्कल ग्रस, चारालाम्पोस कोस्तुलास र चेमा आन्द्रियसले १-१ गोल गरे।
  • जितपछि ब्राइटन ५ खेलमा १० अंकसहित तेस्रो स्थानमा उक्लिएको छ, भने आर्सनल ५ खेलमा १२ अंकसहित दोस्रो स्थानमै छ।

३ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा आर्सनलले पहिलो हार बेहोरेको छ ।

शनिबार बेलुका भएको खेलमा ब्राइटनले आर्सनललाई ३-० ले पराजित गरेको हो । ब्राइटनको जितमा पास्कल ग्रस, चारालाम्पोस कोस्तुलास र चेमा आन्द्रियसले १-१ गोल गरे ।

खेलको ३१औं मिनेटमा ग्रसले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । ४५औं मिनेटमा कोस्तुलासले अग्रता दोब्बर पारे ।

आन्द्रियसले ५७औं मिनेटमा गोल थप्दै ३-० को जित पक्का गरे ।

जितपछि ब्राइटन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । हारका बाबजुद ५ खेलमा १२ अंकसहित आर्सनल दोस्रो स्थानमै छ ।

शनिबार बेलुका नै भएका अन्य खेलमा एभर्टनले इप्सविच टाउनलाई १-० ले हराउँदा न्युकासलले हल सिटीलाई २-१ ले हरायो ।

टोटनहमलाई एस्टन भिल्लाले ३-२ ले पराजित गर्‍यो ।

आर्सनल इंग्लिस प्रिमियर लिग ब्राइटन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय