News Summary
Generated by OK AI. Editorially reviewed.- ग्लेन म्याक्सवेलको अलराउन्ड प्रदर्शनमा बेलफास्ट वुल्भ्सले आम्सटर्डम फ्लेम्सलाई ७ विकेटले हराउँदै युरोपियन टी-२० प्रिमियर लिगको फाइनलमा प्रवेश गर्यो।
- म्याक्सवेलले ४ ओभरमा १८ रन दिएर ४ विकेट लिए, जुन उनको टी-२० करियरकै उत्कृष्ट बलिङ हो।
- बेलफास्टले १३४ रनको लक्ष्य ९ बल बाँकी छँदा ३ विकेट गुमाएर पूरा गर्यो, जसमा डेभोन कोनवेले ३५ र लोरकान टकरले अविजित ३४ रन बनाए।
३ असोज, काठमाडौं । कप्तान ग्लेन म्याक्सवेलको शानदार अलराउन्ड प्रदर्शनमा बेलफास्ट वुल्भ्सले पहिलो संस्करणको युरोपियन टी-२० प्रिमियर लिगको फाइनलमा स्थान बनाएको छ ।
बेलफास्टले आम्सटर्डम फ्लेम्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । आम्सटर्डमले दिएको १३४ रनको लक्ष्य बेलफास्टले ९ बल बाँकी छँदा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
बेलफास्टका लागि डेभोन कोनवेले ३५ तथा लोरकान टकरले अविजित ३४ रन बनाए । कप्तान म्याक्सवेल १० बलमा २१ रन बनाएर अविजित रहे । त्यसअघि टिम टेक्टरले २८ रन बनाए ।
त्यसअघि म्याक्सवेलले शानदा बलिङ गर्दै ४ विकेट लिएपछि आम्सटर्डम २० ओभरमा १३३ रनमा अलआउट भएको थियो ।
म्याक्सवेलले ४ ओभरमा १८ रन मात्र दिएर ४ विकेट लिए । यो उनको टी-२० करियरकै उत्कृष्ट बलिङ हो । म्याथ्यु हम्फ्रिजले ३ तथा क्रिस जोर्डनले १ विकेट लिए ।
स्टिभ स्मिथले सर्वाधिक ४५ रन बनाए । युवराज सम्राले २७ रन बनाए ।
बेलफास्टले अब उपाधिका लागि एडिनबर्ग कासल रकर्ससँग खेल्नेछ ।
प्रतिक्रिया 4