+

२०औं एसियन गेम्स : पुरुष करातेमा नेपालका मिनबहादुर सेमिफाइनल प्रवेश

२०८३ असोज  ४ गते ११:३६ २०८३ असोज ४ गते ११:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानको तोयोहाशी जिम्नेसियममा करातेको कुमिते ६८ केजीमुनिको क्वार्टरफाइनलमा मिनबहादुर तामाङले ताजकिस्तानका मिर्जोजोडा मोहम्मदलाई २–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेका छन्।
  • मिनबहादुरले यसअघि हङकङका चाउ का हिमलाई ४–१ ले पराजित गर्दै क्वार्टरफाइनल पुगेका थिए।
  • सेमिफाइनलमा स्थान बनाउन उनले कुवेतका शाबान अब्दुल्लाहसँग खेल्नेछन्।

४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत करातेमा नेपालका मिनबहादुर तामाङ सेमिफाइनल प्रवेश गरेका छन् ।

जापानको तोयोहाशी जिम्नेसियममा भएको कुमिते ६० केजीमुनिकाे प्रतिस्पर्धाको क्वार्टरफाइनलमा ताजकिस्तानका मिर्जोजोडा मोहम्मदलाई २–० ले पराजित गर्दै मिनबहादुरले सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

यसअघि हङकङका चाउ का हिमलाई ४–१ ले पराजित हराउँदै क्वार्टरफाइनल पुगेका थिए । उनले फाइनल प्रवेशका लागि कुवेतका शाबान अब्दुल्लाहसँग खेल्नेछन् ।

यसअघि नेपालकै राकेश मानन्धरले ५५ केजीमा सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।

मिनबहादुर तामाङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय