News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत उसुको महिला ताइजिच्वान तथा ताइजिजियानमा नेपालकी सविता राई १०औं स्थानमा रहिन् ।
- आइची प्रिफेक्चरल मार्सल आर्ट्स हलमा भएको प्रतिस्पर्धामा १२ जना सहभागी हुँदा सविताले ९.१८३ अंक प्राप्त गरिन् ।
- उसुका विभिन्न विधामा नेपालबाट १० खेलाडी सहभागी भएका छन्, र पुरुष चानक्वानमा विजय सिन्जाली पनि बाहिरिएका छन् ।
४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत उसुको महिला ताइजिच्वान तथा ताइजिजियान विधामा नेपालकी सविता राई १०औं स्थानमा रहँदै प्रतियोगिता टुंग्याएकी छन् ।
जापानको आइची प्रिफेक्चरल मार्सल आर्ट्स हलमा भएको खेलमा १२ जना सहभागी हुँदा नेपालकी सविता १०औं स्थानमा रहिन् । उनले ९.१८३ अंक प्राप्त गरिन् ।
चीनकी छिन टोङले ९.७८३ अंक प्राप्त गर्दै स्वर्ण पदक जितिन् । ९.७४० अंक पाएकी जापानकी शिहो साइतोले रजत पदक जित्दा ९.७४० अंक प्राप्त गरेकी सिंगापुरकी जियान झी निङ लाउ र ब्रुनाइकी बास्मा लाच्करले ९.७२० अंक पाउँदै काश्य पदक जिते ।
उसुका विभिन्न विधामा नेपालबाट १० खेलाडी सहभागी भएका छन् । सवितासँगै पुरुष चानक्वान विधामा विजय सिन्जाली पनि प्रतियोगिताबाट बाहिरिएका छन् ।
प्रतिक्रिया 4