News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला अदालत ललितपुरले एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
- सीआईबीले शुक्रबार एन्फा मुख्यालयमा छापा मारेर जोशी र पाण्डेलाई पक्राउ गरेको थियो ।
४ असोज, काठमाडौं । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला न्यायाधिश भगवती शर्मा ढुंगानाको इजलासले जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी टिकाध्वज कार्कीले जानकारी दिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार एन्फा मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया 4