+

प्रधानसेनापति ट्रफी सुरु

२०८३ असोज  १२ गते १७:५४ २०८३ असोज १२ गते १७:५४

१२ असोज, काठमाडौं । नेपाली सेनामा ‘प्रधानसेनापति ट्रफी’ सुरु भएको छ । सोमबार प्रधानसेनापति अशोकराज सिग्देलले लखनखेलस्थित खेल मैदानमा प्रधानसेनापति ट्रफी २०८३ को शुभारम्भ गरेका हुन् ।

नेपाली सेनाभित्र रहेको प्रतिभावना खेलाडीहरूको पहिचान गरी उनीहरूको सीप विकास गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरू तयार पार्नु यसेको उद्देश्य रहेको बताइन्छ । यो ट्रफी २०६५ सालदेखि सुरु भएको हो ।

एथलेटेक्सि, स्वीमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी ८ वटा विधा समावेश गरी सञ्चालन भएको यो प्रतियोगितामा पृतना तथा बाहिनीका १४ वटा टिमहरू सहभागी छन् ।

सोमबार सम्पन्न भएको ५ किलोमिटर दौडमा महिलातर्फ मध्य पूर्वी पृतनाका प्युठ निर्मला केसी र पुरुषतर्फ उत्तर पश्चिम पृतनाका सिपाही अर्जुन बुढा प्रथम भए ।

नेपाली सेना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय